गोर्खाली/नेपाली समाजमा पनि धेरै जात छन् | विभिन्न जातीय गोष्ठीहरु रहेको गोर्खा समाजमा विभिन्नतामा एकता पाइन्छ भने यसै विभिन्न जातका गोष्ठीहरुमा आ- आफ्नो चाड - पर्व मनाउने प्रथा परा पूर्व देखि नै चलिआएको छ | यसै जातीहरु मध्ये एक अंग गुरुङ जाती | यो जातीको पनि आफ्नै जातीय बिशेषता रहेको छ | यो जातीले आफ्नो चाड पर्व आफ्नै तरिकाले मनाउने गर्दछ | सन्दर्भमा अखील भारतीय गुरुङ तमु बौद्ध संगठन मंग्पू शाखाले गुरुङ चाड ल्होछार खुबै भव्यतासाथ मंग्पू सानो चौरास्ता माथि डाँडामा प्रेम बहादुर गुरुङको अध्यक्षतामा मनायो | कार्यक्रममा गुरुङ लामाहरु द्वारा ल्होछारको शुभ मुहुर्तमा पूजा अर्चना गरेर शुभारम्ब गर्यो | यसै अवसरमा सम्वत अनुसार नयाँ साल २०६८ साल लागेको जनाउदै सम्पूर्ण मंग्पूका गुरुङ दाजु - भाइ, दिदी - बहिनी , काली झोडा , सुन्तले , लोहापूल तथा रोंगचोंग बस्तीका गुरुङ तमु परिवारहरु उपस्थित थिए | कार्यक्रममा आफ्नो पोशाकमा गुरुङ नृत्य अनि गीतहरु प्रस्तुत गरे भने उक्त गुरुङ पर्वमा मंग्पू शाखा अखिल भारतीय गुरुङ तमु बौद्ध संगठन १९९२ साल आफ्नो स्थापना कालदेखि गुरुङ जातीको माध्यमिक परिक्षामा प्रथम दर्जामा आउने विधार्थीहरुलाई प्रोत्साहन गर्दै यस वर्ष २०११ मा सर्वश्रेष्ठ अंक ल्याउने छात्रा रोमिया गुरुङ पिता शिव कुमार गुरुङ , शिम्लेलाई प्रसस्ती पत्र सहित आर्थिक अनुदान रुपिया ५०१ प्रदान गरि सम्मान जनायो भने साल २०११ को शिक्षक दिवसको उपलक्ष्यमा रत्न श्री पुरस्कार प्राप्त गर्ने प्रधान शिक्षिका प्रेम माया गुरुङलाई पनि जातीय पोशाक तथा प्रसस्ती पत्र दिदै सम्मान जनाईयो | लोहछार पर्व गुरुङहरुको निम्ति दशैँ तिहार जस्तै महान पर्ब रहेकोले समस्त गुरुङ परिवारले हर्षोल्लासको साथ मनाए | यस दिन हरेक गुरुङ परिवारले आफ्नो घरमा तमु बौद्ध लुन्ग्दरहरु फर्फराएका थिए |
Post a Comment
We love to hear from you! What's on your mind?