मंग्पू पेन्सनर्स कल्याण संघको दुई दिवसीय सभा

मंग्पू/केशर मोक्तान: मंग्पू  पेन्सनर्स कल्याण संघको दुई दिवसीय सभा संघ कै कार्यलयमा एन० बी० गुरुङ ( सभापति) को सभाध्यक्षमा सम्पन्न भयो | सभामा सर्वप्रथम संघको ५२ जना मृतक सदश्यहरुका चिर शान्तिको निम्ति मौन धारण गरिए पश्चात दुई दिवसीय सभा शुरु भयो | मूल सकिय डी० एस० लोहारले संघ द्वारा सम्पन्न गैयेका कार्य - विवरण आफ्नो तीन वर्ष ( २००९ - २०११) को प्रतिवेदन प्रस्तुत गरे | विभिन्न सदश्यहरु बी० के० छेत्री ( भू० पू० बडा बाबु ) , दुर्गा मोक्तान, सी० पी० शर्मा ( भू० पू० पंचायत कर्मी ) डी० के० वाइबा अनि ललिता राई आदिले म० पे० क० स० ले सम्पन्न गरेका विभिन्न कार्यहरु विषयगत टिप्पणी प्रस्तुत गरे अनि मंग्पू पेन्सनर्स कल्याण संघको प्रतिष्ठापन हुनु अति नै समय अनुकूल कार्य भएको छ भनी पुष्टि गरे |  सभामा कोषाध्यक्ष एस० बी० गुरुङले २००९ देखि २०११ सम्म तीन वर्षको वार्षिक आय- व्यायको विस्तृत रुपले विवरण प्रस्तुत गरे अनि सभाले हालसम्म म० पे० क० स० को कोषमा रु० १०६८० /- अनि ब्यांकमा रु० १,१३,६९० रहेको जनाए | सभामा बी० के० छेत्रीको चुनाव अध्यक्षतामा आगमी दुई वर्ष सम्मको निम्ति पुरानो समिति विघटन गर्दै नयाँ कार्यकारिणी समिति गठन गरियो जसमा बी० के० छेत्री ( सल्लाहकार) एन० बी० गुरुङ ( सभापति) बी० बी० छेत्री, डी० बी० मोक्तान ( उप सभापति) डी० एस० लोहार(मूल सचिव) कुमार सिंह छेत्री, कमल तामांग(सह सचिव) के० एम० राई ( कार्यलय सचिव ) डी० के० वाइबा ( कोषध्यक्ष) डी० कुमार परियार, एस० बी० गुरुङ ( लेखा परिक्षक) अनि कार्यकारिणी सदश्यवर्गमा ललिता राई, हर्क बहादुर राई, बुधे राई, कुमार बर्देवा, बी० एम० राई, तुला बहादुर राई, एल० बी० लकान्द्री, एन० बी० प्रधान, कुमार छेत्री, दिल बहादुर राई, डी० एन० मुखिया, सहवीर राई , चन्द्र बहादुर छेत्री, ए० के० दाहाल, हरिसिंह राई, बीर बहादुर राई, प्रेम बहादुर थापा आदि मनोनित भएका छन् | सभाले अबोप्रांत नव कार्यकारिणी समितिको गठन विक्तीय वर्ष अनुरुप हुनेछ भनी स्वीकृति पारित गरे | म० पे० क० संघले आज पर्यांत सठीक ढंगमा कार्य गर्दै आएको सभामा सबै सदश्यवर्गले जान्न पाए अनि वर्तमान सदश्य संख्या ४५० रहेको जानकारी गराए |
Read latest post filed under mungpoo news

Post a Comment

We love to hear from you! What's on your mind?

[blogger][facebook]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.