सुचना एवम सांस्कृतिक विभाग अतिरक्त निर्देशकले पनि मंग्पू रविन्द्र संग्रहलय भ्रमण गरे

मंग्पू/ केशर मोक्तान: हिज १ जनवरी नयाँ वर्षको उपलक्ष्यमा पर्यटकहरुको आगमनलाई ध्यान राख्दै आइतबारको दिन पनि मंग्पू रविन्द्र भवन खुल्ला नै राखिएको थियो भने हिज नै राज्य सरकार सुचना एवम सांस्कृतिक विभागका अतिरिक्त निर्देशक बासुदेव घोषले रविन्द्र संग्रहालयको परिभ्रमण गरे | उनले मंग्पूमा नेपाली अकादमी खोल्नुको निम्ति पर्याप्त जमीन छ वा छैन भनी रविन्द्र संरक्षण समितका सह सचिव सुरेन्द्र थिंगलाई सोधपुछ गरे भने संरक्षण समितिको पक्षमा मंग्पूमा नेपाली अकादमी खोल्नको निम्ति पर्याप्त जमीन रहेको अतिरिक्त निर्देशकलाई अव्गात गराए | राज्यका मुख्य मन्त्रीले मंग्पूमा नेपाली अकादमी बनाउने घोषणा गरेतापनि आज सम्म यस विषयमा चर्चा मात्र चलिरहेको छ | अर्कोतिर कवि गुरु रविन्द्रनाथ द्वारा लिखित पुस्तक ९० लाख रुपियामा बिक्री भएको समचार प्रकाशमा आइसकेको छ भने मंग्पू रविन्द्रनाथ संग्राहलयमा कवि द्वारा लिखित पुस्तक तथा कवि गुरु स्वयमले प्रयोग गरिएका धेरै नै मुल्यवान बस्तुहरु छन् जो सुरक्षा गर्नको निम्ति अहिलेसम्म संग्राहलयमा रात चौकीदार धरी नियुक्ति गरिएको छैन, यसलाई सुरक्षा नदिनुमा सरासर राज्य सरकारको कमजोरी ठहर्दछ | यदी चाडै नै सुरक्षा व्यवस्था नमिलाए भविष्यमा कुनै पनि अप्रिय घटना घट्न बेर लाग्दैन | यसैले सरकारले संग्रहलाय भित्र विधुतिकरण गरेर झट्टै नै रात चौकीदारको व्यवस्था मिलाउन आवश्यक देखिन्छ | हिज अतिरिक्त निर्देशकलाई मोर्चा मंग्पू जोन अध्यक्ष प्रदीप छेत्री, सचिव रतन लामा अनि दार्जीलिंग तराइ डुवर्स प्लान्टेशन लेबर युनियन सिन्कोना जोन सचिव गगन राई, रविन्द्र संरक्षण समितिको पक्षमा सुरेन्द्र थिंग, बुध कुमार थापा अनि संग्राहलयका कर्मचारी शिशिर रावतले पनि भेट गरे |
Read latest post filed under mungpoo news

Post a Comment

Post a Comment

We love to hear from you! What's on your mind?

Emoticon
:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

Contact Form

Name

Email *

Message *

Powered by Blogger.