सिन्कोनाको तितो रस संगै आफ्नो जवानी साटेका तीन मजदुरहरुले आज अवकाश लिए

मंग्पू  विभागीय सरकारी कुइलेनबारी अधिनस्थ तीन जना मजदुरहरुले आफ्नो यौवनका उमेरहरु कुइलेनको बोटहरुलाई स्यार सुसार गर्न अनि कुइलेनको बोक्रा कुट्न   समर्पित गर्दै औले ज्वरोको दबाईको निम्ति रगत पसिना एक गराई सरकारी सेवामा बिताएका ती अमूल्य क्षणहरुलाई  गहभरी आँशु पारेर याद गर्दै मजदुर जंग बहादुर गुरुङ, बिष्णु राइनी अनि मनमाया लिम्बुले आज कुइलेनबारीको कामबाट अवकाश लिए | ती अवकाश प्राप्त मजदुरहरुलाई मंग्पू विभागीय ग्यांगम्यानको सभापतित्वमा गन्ति घरको प्रांगणमा विदाई एवम सम्बर्धना कार्यक्रम भयो | आयोजकको पक्षमा सम्पूर्ण श्रमिकवर्ग, कर्मचारीवर्गलाई हार्दिक स्वागत जनाउदै विरेन गोलेले संचालन गरेको कार्यक्रममा अतिथिको रुपमा दार्जीलिंग तराई डुवर्स प्लान्टेशन लेबर युनियन मंग्पू शाखाका सभापति बुध कुमार थापाको बिशेष उपस्थिति रहेको थियो | कार्यक्रममा तीन अवकाश प्राप्त मजदुरहरुलाई सम्पूर्ण बगानको मजदुर, कर्मचारी तथा उपस्थित अतिथिहरु द्वारा खदा माला लगाई संवर्धना जनाईयो | कार्यक्रममा ती मजदुरहरुलाई बगानको तर्फबाट स्मारिका पत्र साथै विभिन्न कोशेलीहरु पनि प्रदान गरियो भने यस विदाई कार्यक्रममा सम्पूर्ण मजदुरवर्गलाई मिठाइ वितरण पनि गरियो |
Read latest post filed under mungpoo news

Post a Comment

We love to hear from you! What's on your mind?

[blogger][facebook]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.