कालेबुंग/ डी० के० वाइबा: नेपाली चलचित्र जगतका निर्देशक एवम कलाकार तुलसी घिमिरेलाई आज दर्पण सम्मान २०११ ले सम्मानित गरियो | यहाँको रामकृष्ण रंगमन्चमा आयोजित कालेबुंग दर्पणको आठौ वर्ष गाँठको अवसरमा घिमिरेलाई उक्त पुरस्कारले सम्मानित गरियो | सोही कार्यक्रममा रोगीहरुको निस्वार्थ सेवा पुराउदै आइरहेकी सिस्टर प्रवाह शान्ति भोटियालाई पनि संवर्धना जनाईयो | कार्यक्रममा मुख्य अतिथिका रुपमा उपस्थित रहेका महकुमा अधिकारी एल० एन० शेर्पाको बाहुलीबाट ढाका टोपी उडाई, दोसल्ला लगाई सम्मान जनाईयो भने स्मृति चिन्ह र प्रसस्ती पत्र प्रदान गरेर दर्पण सम्मान २०११ ले सम्मानित गरियो | कार्यक्रमका बिशिष्ट अतिथि शिक्षाविद पी० आर० प्रधानले सिस्टर प्रवाह शान्ति भोटियालाई दोसल्ला ओडाएर संवर्धना जनाए | यस अवसरमा कार्यक्रमलाई सम्बोधन गर्दै निर्देशक एवम कलाकार तुलसी घिमिरेले यस सम्मान पाउँदा अत्यन्तै हर्षित बनेको बताए | तिनले नेपाली चलचित्रको क्षेत्रमा नेपालमा धेरै कार्य गरेतापनि आफ्नै ठाउँमा केही गर्न नसकेकोमा दुख व्यक्त गरे | विगतका दिनमा कलेबुंगमा नेपाली चलचित्र निर्माणको निम्ति एउटा स्टुडियो निर्माण गर्ने पहल गरेको बताउँदै तत्कालिन दागोपाप अधिकारीबाट एनओसी पाउन नसक्दा उक्त कार्य अधुरो रहेको बताए | यधपि अहिले पनि यहाँका स्थानीय कलाकारहरुलाई प्रोत्साहान र प्रतिभा निखार्न केही कार्य गर्ने सलाह दिरहेको बताए | तिनले विगत दिनमा दुरदर्शन कलकताबाट नेपाली कार्यक्रम प्रशारणको निम्ति २ घण्टा समय दिएको बताउँदै तर हालमा उक्त समय घटाएकोमा खेद प्रकट गर्दै यो अधिकार खोसिएको हो भने | यस्ता अधिकार खोसिदिएर यहाँका कलाकारहरुले आफ्नो प्रतिभा प्रदर्शन गर्न नपाइरहेको बताउँदै उक्त कार्यप्रति एक हुनपर्ने आह्वान गरे | तिनले स्थानीय कलाकारहरुलाई दोसल्ला दिंदै यहाँबाट राम्रो चलचित्र निर्माण गर्न सके नेपालबाट प्रदर्शन गर्न सक्ने जानकारी गराए | सोही अवसरमा उक्त सम्मानले आफ्नो जिम्मेवारी बढेको बताउँदै कालेबुंग लगायत दार्जीलिंग पहाड कै निम्ति राम्रो कार्य गर्ने योजना रहेको घिमिरेले बताए | उक्त कार्यक्रममा अजय अगरवालले स्वागत भाषण राखे भने लोक सांस्कृतिक विभागका कलाकारहरुले सांस्कृतिक नृत्य प्रस्तुत गरेका थिए |
Post a Comment
We love to hear from you! What's on your mind?