जीटीएको चुनाव पछि मात्र दार्जीलिंगले जील्ला परिषदको अनुहार देख्न पाउँने ?

डी के वाइबा: कालेबुङ,९ जनवरी
दार्जीलिंग पहाडमा पंचयत चुनवा नभएको कारण ग्रामीण ईलाकाका मानिसहरुले बिभिन्न समस्याहरु झेल्न परिरहेका छन। जीटीएमा सम्झौता भए पछि पंचायत चुनाव हुने हल्ला केहि अघि चले तापनि चुनाव भने हुन सकेन। फलस्वरुप अहिले ग्राम पंचायत जनप्रतिनिधी बिहिन रहेको छ। केहि महिना अघि दार्जीलिंग पहाडको तीनवट नगरपालीकामा चुनाव सकिसकेको छ तर पंचायत चुनाव भने नहुँदा बिकाश ग्रामीण ईलाकाका मानिसहरुलाई पनि चाहिन्छ भन्ने कुरा उठेको थियो । यस बिषयमा गोजमुमो प्रमुख बिमल गुरुंगले जीटीए गठन पछि मात्र पंचायत चुनाव र जीटीए चुनाव हुने बताए पछि सबै हल्लाहरु साम्य भएको थियो। अहिले आएर जीटीए पुन पंचायत चुनावको चर्चा हुन थालेको छ। यस बिषयमा मोर्चाका शिर्षस्थ नेताहरुले पनि सोचिरहेको सुत्रमार्फत जानकारी पाईएको छ। मोर्चाले पंचायत चुनावबारे सोचिरहेको भएता पनि तराई डुवर्स नगाभिए सम्म चुनाव गराउँन नदिने पनि सुत्रले बताएको छ। यस बिषयमा मोर्चाका प्रवक्ता एव कालेबुंगका बिधायक डा हर्कबहादुर छेत्री संग कुराकानी गर्दा पंचायत चुनाव हुनभन्द अघि सरकारले दार्जीलिंग पहाडमा ख़ण्ड अनि ग्राम पंचायतहरुको संख्या बडोत्तरी गर्नु पर्ने बताएका छन। तिनले जीटीएमा १५० वटा ग्राम पञ्यात र २४ वटा खण्ड बनाइनुपर्ने मोर्चाको माग रहेको बताउँदै पंचायत चुनाव तराई डुवर्सको भुभाग गाभिएर हुने बताएका न। पहाडमा हुने पंचायत चुनाव त्रिस्तरीय हुने वा कस्तो हुने भन्ने बिषयमा बोल्दै तिनले हाल दुई स्तरीय नै हुनए अनि पछि जीटीएको चुनाव पछि त्रिस्तरीय हुने जानकारीदिए।  जीटीएको चुनाव अघिनै हुने पंचायत चुनाव गोरामुमोको समयको झैं दुइ स्तरीय नै हुनेछ| यसको अर्थ पञ्चायत र खण्ड बढेपनि पहाडमा त्रिस्तरीय पञ्चायत चुनाउ हुन जीटीए नै पर्खन पर्नेछ| अहिले दुइस्तरीय चुनाउ भइहाल्ने अनि पछिबाट जीटीएको सीमाङ्कन पूर्ण भइसकेर जीटीए अस्तित्वमा आएपछि नै त्रिस्तरीय पञ्चायत चुनाउ गराउन मोर्चाले पहल गर्ने भएको आज मोर्चा प्रवक्ता एवं कालेबुङका विधायक डा. हर्कबहादुर छेत्रीले बताए| तिनले भने, मोर्चा राज्य अनि केन्द्र सरकारमाझ भएको त्रिपक्षीय सम्झौतामा स्पष्ट लेखिएको छ पहाडमा त्रिस्तरीय पञ्चायत चुनाउ गराइनेछ| पहिलेको जस्तो ग्राम पञ्चायत, पञ्चयात समिति अनि त्यसको माथि दोगापाप हाम्रोमा हुँदैन| हाम्रोमा जिल्ला परिषद थपिएको हुन्छ अनि त्यसको माथिबाट जीटीए हुन्छ| तर जीटीए बनिएपछि नै त्रिस्तरीय पञ्चायत  सम्भव रहेको छेत्रीले बताए| हाल दुइस्तरीय पञ्चायत चुनाउ हुने लगभग तय रहेको छ भने मोर्चाको खण्ड अनि पञ्चायतहरूलाई बढोत्तरी गर्ने कुरा अहिले महत्वपूर्ण विषय रहेको छ|
यता महकुमा अधिकारी एलएन शेर्पाले बताएअनुसार अहिले पञ्यायत चुनाउको हल्ला चलिरहेको भएपनि विभागीय पक्षलाई कुनै निर्देश आएको छैन| दार्जीलिङ पहाडमा यतिका वर्षसम्म पञ्चायत चुनाउ नभएकोले गाउँले विकासको मुख देख्न पाएको छैन यसैले महकुमा अधिकारी एल. एन. शेर्पाले धेरै वर्षअघि नै पहाडमा पञ्चायत चुनाउ हुनपर्ने विचार पोखे| एउटा ग्राम पञ्चायत कार्यालय धाउन समेत पनि  ५-६ घण्टाभन्दा अधिक समय हिँड्नपर्ने अवस्था गाउँमा रहेको अनि बाटो समेत नहुँदा गॉंउहरू अहिले सोंचनीय बनिसकेको पनि महकुमा अधिकारीले बताए| यसैले खण्ड र पञ्चायतहरूको बढोत्तरीसँगै यथाशीघ्र पञ्चायत चुनाउ गराउन उचित रहने पनि तिनले बताए| अर्कोतिर संयुक्त खण्ड विकास अधिकारी नर्बु सी. शेर्पाले पनि खण्ड र पञ्चायतको बढोत्तरी हुनैपर्ने बताए| ग्राम पञ्चायतले गर्न नसकेको काम पञ्चायत समितिले गर्ने अनि त्यसपछि पनि नभएको जिल्ला परिषदले गर्ने बताउँदै दार्जीलिङ पहाडमा अहिलेको अवस्थालाई हेर्दा हुनसके त्रिस्तरीय पञ्चायत चुनाउ गराउन आवश्यक रहेको शेर्पाले बताए| १९७३ सालमा बङ्गालमा पञ्चायती राज व्यवस्थाको ऐन बनिएको भएपनि १९७८ सालमा यो व्यवस्था राज्यमा लागु भयो| दार्जीलिङ पहाडमा पनि चलिरहेको पञ्चायती राज व्यवस्था २००४ मा दार्जीलिङ पहाडमा राजनैतिक उतरचडाउको कारण अहिलेसम्म हुनसकेको थिएन| फलस्वरूप जीटीएको हस्ताक्षरपछि गोर्खा जनमुक्ति मोर्चाले अहिलेलाई दुइस्तरीय अनि पछिबाट त्रिस्तरीय पञ्चायत चुनाउ हुनपर्ने माग गरेपछि ८ वर्षपछि फेरि पहाडमा पञ्चायत चुनाउ हुने देखिएकोले विकास पर्खेर बसेको गाउँमा आशा जागेर आएको छ| स्मण रहोस दार्जीलिंग पहाडको तीनवटा महकुमा भित्र हाल मोठ 112 वटा ग्राम पंचायातहरु रहेको छ। उक्त ग्राम पंचायतहरु अहिले जनप्रतिनिधीहरु बिहिन रहेको छ। जसको कारण ग्राम पंचायत मार्फत हुनपर्ने बिकाशका कार्यहरु सुचारु हुन सकिरहेको छैन। बिशेष पंचायात कार्यलयहरुमा पर्याप्त कर्मीहरुको अभावमा पनि कतिपय बिकाशका कार्यहरु हुन सकिरहेको छैन । यदि धेरै समय पछि तीनवटा महकुमा क्षेत्रमा खण्डहरु र ग्राम पंचायातहरुको संख्याहरुको बडोत्तरी हुन सके ग्रामीण ईलाकाका मानिसहरुले थुप्रै बिकासका अनुहारहरु देख्न पाउँने थिए कि भन्ने झिनो आशा देखिएको छ।
Read latest post filed under political news

Post a Comment

We love to hear from you! What's on your mind?

[blogger][facebook]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.