ट्युशनको बहानामा बरलिहिड्ने विधार्थीहरुलाई भोलेन्टियर सेलको लाखेस

दार्जीलिंग | शरण गुरुङ: ट्युशन पद्छु भनी ढाँटेर शहरका विभिन्न इलाकाहरुमा बरालिरहने विधार्थीहरुलाई ठीक पार्न विधार्थी मोर्चाले भोलेन्टियर सेल गठन गरेको छ | ट्युसन छोडेर बोटानिकल गार्डन , माल रोड, लभ रोड र अन्य ठाउँहरुमा हूल बाँधेर बरालिहिड्ने विधार्थीहरुलाई अब उक्त भोलेन्टियर सेलले उचित कारवाही गर्नेछ भनी विमो केन्द्रिय उपाध्यक्ष अमृत योन्जनले आज जनाए | पहाडको शैक्षिक स्तर दिन दिने ह्रास हुँदै आइरहेको मुख्य कारण पनि विधार्थीहरुले अध्यायनतिर ध्यान नदिएर मनोरंजनमा ध्यान दिरहेकोले नै हो भन्दै यसैले अब यस विषयमा सबै पक्षबाट गम्भीररुपले लिनुपर्ने आवश्यकता रहेको पनि उनले जनाए | गोजविमोको उक्त पदक्षेपलाई अभिभावकहरुले पनि सहयोग गरिदिने साथै विधार्थीहरु प्रति कारवाही गरिएको खण्डमा पनि अन्यथा नासंझिदिने पनि उनले आह्वान गरे | विधार्थीहरुले पदने समयमा पद्नुपर्छ , बाँकी छुट्टीको समयमा मनोरंजन गर्दा हुन्छ | गोजविमोले छुट्टी कै समयमा विविध कार्यक्रमहरु गरिरहेको छ ती कार्यक्रमहरुमा सहभागी भएर पनि मनोरंजन गर्न सक्छन् , विमो उपाध्यक्षको भनाइ छ | आफ्नो उज्ज्वल भविष्य सम्झेर विधार्थीहरुले दुर्व्यसन तथा कुबाटोतिर नलाग्ने आह्वान पनि उनले गरे | युवा मोर्चाले थालेको दुर्व्यसन रोकथाम अभियानलाई स्वागत योग्य बताउँदै गोजविमोले पनि युमोलाई खुल्ला हृदयले साथ दिने योन्जनले बताए | गोजविमोले यसअघि पनि गुट्खाहरुको बिक्रीमा रोक लगाउने काम गरेको उल्लेख पनि उनले गरे | यी विषयहरुमा सामाजिक प्रशासनिक पहल पनि आवश्यक रहेको बताउँदै बिशेष उच्च माध्यमिक तहसम्मका विधार्थीहरुलाई कसैले पनि मदपानहरु नबेचिदिने पनि उनले अपील गरे | गोजविमोको उक्त पहललाई अभिभावकहरुले पनि स्वागत योग्य बताएका छन् | सामाजिक उत्थानको निम्ति जिम्मेवार संघ - संस्थाहरुले यस्तो पहल गरिए अमानवीय क्रियाकलापहरुको नियन्त्रण हुनसक्ने अभिभावकहरुको भनाइ छ | 
Read latest post filed under regional news

Post a Comment

We love to hear from you! What's on your mind?

[blogger][facebook]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.