मंग्पूमा सप्तव्यापी श्रीमद भागवत महा पुराणको श्रीगणेश

मंग्पू/केशर मोक्तान: मंग्पू  रेशेप विभाग दिपक प्राथमिक पाठशालामा दिपक युवा समिति द्वारा सप्त व्यापी श्रीमद भागवत महा पुराण ९ जनवरी देखि १५ जनवरी सम्म भब्यपुर्वक आरम्भ भयो | यस सांसारिक बिकृति तथा समाजका कुरीति,कुसंस्कारहरुलाई नष्ट गरी स्वस्छ वातावरण सृजना गर्न साथै बिजनबारी पूल दुर्घटनामा ज्यान गुमाउनेहरु, भुइँचालोमा पर्नेहरु साथै एएमआरआइ अस्पतालमा मर्नेहरुको आत्मा शान्तिको प्रार्थना तथा होमादी गर्ने भएको छ | यस पुनित कार्यक्रमलाई सी० बी० थापा व्यवस्थापक मंग्पू सरकारी कुइलेनबारी मंग्पू तथा बिदुर कार्की सह व्यवस्थापक आदिको बाहुलीबाट उत्घाटन कार्यक्रम भयो | कार्यक्रमलाई पण्डित दिवाकर कश्यप , बाशुदेव विशिष्ट द्वारा पुजा अर्चना गरेर शुभ आरम्भ गरियो | दिउँसो उक्त पूजा स्थलदेखि सरस्वती उ० वि० हुँदै नालीडाँडा बजार हुँदै भक्तजनहरुले कलश यात्रा, भजन, किर्तन गर्दै पुन: पूजा स्थल पुगे | कार्यक्रममा प्रदीप छेत्री, सभापति मंग्पू जोन, सचिव रतन लामा तथा शिर्ष नेतृत्वहरु पनि उपस्थित रहेका थिए | कार्यक्रममा प्रतिदिन बिहान पूजा अर्चना तथा बेलुकी साँझमा कथा - भजन साथै प्रवचन पनि हुनेछ | यसरी कार्यक्रममा  १४ जनवरी शेखर भाई वशिष्ट गुरुजी बिशेष उपस्थित हुनेछ | यस सप्त्व्यापी भागवत पुराणमा भक्तजनहरुको प्रतिदिन उपस्थित भइ पूजा अर्चना अनि प्रवचन सुन्न भेला हुने गरेका छन् भने यस पुनित कार्यक्रममा सबै सबैलाई नै आयोजक समिति हार्दिक स्वागत गरेका छन् |
Read latest post filed under mungpoo news

Post a Comment

We love to hear from you! What's on your mind?

[blogger][facebook]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.