कफेरमा १७औं ग्यालवा करमापा थिन्ले थाई दोर्जीको बाहुलिबाट वाङ बितरण | १७औं ग्यालवा करमापा थिन्ले थाई दोर्जी नै असली करमापा हुन् – एस योङदा

डी के वाइबा: कालेबुङ २९ जनवरी: अखिल भारतीय तामङ बौद्ध संघको आयोजनामा कफेर जनमैदानमा शुरु भएको तीन दिवसिय तामङ लोशरको आज समापन भयो। यस अवसरमा बौद्ध धर्मगुरु १७औं ग्यालवा करमापा थिन्ले थाई दोर्जी मुख्य अतिथिका रुपमा उपस्थित रहेका थिए। समापन कार्यक्रमको अवसरममा आयुको पुजा गरेर धर्मगुरु १७ औं करमापाको बाहुलिबाट वाङ( अभिषेक) बितरण गरियो। धर्मगुरु १७औं करमापाले बिधिवत पुजा गरेर समपूर्ण मानिसहरुको कल्याणको प्रार्थना गरे। यस अवसरमा तिनले आफ्ना अनुयायीहरुलाई सम्बोधन गर्दै आयुको पुजा गर्नाले सम्पूर्ण मानव जातिको कल्याण हुने बताए। भगवान बुद्धको आशिर्वाद थाप्नले भक्तहरुको मनमा रहेका बिभिन्न प्रकारका नकारात्मक बिचराहरु पखालिने बताउँदै भगवान बुद्धका बाणीहरुलाई सबैले आफ्ना जीवनमा व्यवहारीक रुपले प्रयोग गर्न आवश्यक रहेको १७औं कर्मापा थिन्ले थाई दोर्जीले बताए। मानव मनमा विविध प्रकारका नकारात्मक बिचारहरु संधै सृजना हुने गरेता पनि ती नकारात्मक बिचारहरुलाई नियन्त्रण गर्न सके जीवनमा सफलता पाउँन सक्नुको साथै समाजमा राम्रो मानिस बन्न सकिने तिनले दाबी गरे। अहिले सम्पूर्ण विश्वका मानिसहरुका मनमा मै हूँ भन्ने अहम बडीरहेको कारण समाजका निम्ति हानिकारक कार्यहरु हुने गरेको तिनले थपे। दिनो दिन हिंसा, हत्या जस्ता कार्यहरु बृद्धीहुनमा मानिसहरुका मनमा सृजना हुने कलुसित धारणाहरुको कारण रहेको तिनले भक्तहरुलाई सम्बोधन गर्दै बताए। यस्ता कलुसित बिचारहरु त्याग्नु आवश्यक रहेको बताउँदै सबैलाई सहयोगका हातहरु अघि बडाउँनु पर्ने तिनले आह्वन गरे। यसैक्रममा १७औं ग्यालवा करमापा थिन्ले थाई दोर्जीले मानवहरुको चञ्चल मनलाई बहसमा ल्याउँन दैनिक कुनै पनि आफ्ना ईष्टदेवको स्मरण गरेर ध्यान मग्न हुनपर्ने बताए।
      यसै अवसरमा कार्यक्रमलाई सम्बोधन गर्दै द एसेम्बली अफ् सिक्किम मोनाष्ट्रिसका संयोजक एस योङ्दाले बर्तमान समयमा १७औं करमापा विवादले बौद्ध धर्म अवलम्बि भक्तहरुको मनमा भ्रम सृजना भएको बताए। तिनले १७औ करमापा विवादमा मानिसहरुलाई नफस्ने आह्वन गर्दै यो विवाद नकारात्मक राजनीति गर्न चाहनेहरुले उब्जाएको दाबी गरे। कतिपय मानिसहरुले धर्मको नाममा राजनीति गरेको कारण यस्ता विवादका कुराहरु उब्जिएर भक्तहरुमा भ्रम सृजना भएको तिनले दाबी गरे। यस्ता भ्रमका कुराहरुमा बौद्ध धर्म अवलम्बि मानिसहरु फस्न नहुने बताउँदै १७औं ग्यालवा करमापा थिन्ले थाई दोर्जी नै असली करमापा रहेको तिनले दाबी गरे। यसै सम्बन्धमा तिनले १७औं करमापा थिन्ले थाई दोर्जीलाई करमापाको स्थान रुम्तेक गुम्बामा बिराजमान गराउँनु पर्ने माग गरे। करमपा बिवादमको कारण भक्तहरुले तिनको दर्शन गर्न नपाएको बताउँदै अब तिनलाई रुम्तेक गुम्बामा ल्याउँनको निम्ति सम्पूर्ण बौद्ध धर्म अवलम्बिहरु अघि आउँन आवश्यक रहेको योङ्दाले थप बताए।
      कफेर जनमैदानमा आयोजित तामङ जातिको नयाँ वर्ष सोनाम लोसोरको आयोजनामा सम्पन्न तीन दिवसिय कार्यक्रमको अन्तिम दिन बौद्ध धर्मगुरु १७औं ग्यालवा करमापा थिन्ले थाई दोर्जीको दर्शन गर्न मानिसहरुको ब्यापक भीड जमेको थियो। दार्जीलिङ, सिक्किम, भोटाङ, खर्साङ लगायत बिदेशी मानिसहरु पनि बौद्ध धर्मगुरु करमापाको बाहुलिबाट अभिषेक(वाङ) थाप्न आएका थिए।
Read latest post filed under regional news

Post a Comment

We love to hear from you! What's on your mind?

[blogger][facebook]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.