मंग्पू | केशर मोक्तान | २८ जनवरी : एनएचपीसी टिस्टा लो ड्याम्प प्रोजेक्ट तीनको तत्वधानमा एनएचपीसी को डिस्पेनसेरीमा सिलिगुडी ग्रेटर लायन्स आइ हस्पिटलको संयुक्त आयोजनामा निशुल्क नेत्र जाँच एवम नेत्र शल्य चिकित्साको शिविर सम्पन्न भयो | यस निशुल्क नेत्र शिविरको उद्घाटन आर० के० वर्मा जेनरल म्यानेजर टिस्टा लो ड्याम्प प्रोजेक्टको बाहुली द्वारा सम्पन्न भयो | उद्घाटन समारोह तथा शिविरमा उपस्थित सम्पूर्ण नेत्र रोगीहरुलाई सम्बोधनमा जेनरल म्यानेजर आर० के० वर्माले स्वागत अभिनन्दन गर्दै सबैलाई यस नेत्र शिविरको फाइदा उठाई सु- स्वास्थ्य रहने शुभकामना व्यक्त गरे | वर्माले अझ भने यस्तै स्वास्थ्य सम्बन्धि शिविर भविष्यमा पनि राखिने बचन दिए | यस निशुल्क नेत्र जाँच शिविरमा मंग्पू विभागका विभिन्न गाउँ - घर, रेशेप बजार, रेशेप विभाग, गाउँ बजार, रोंगचोंग, टिस्टा बनबासी तथा अन्यान्य गाउँ बस्ति बजारका युवा - युवती तथा वृद - वृदावर्ग गरी दुइ सय पचास जना नेत्रका रोगीहरु उपस्थित रहेका थिए | यस एन० एच० पी० सी० को सामाजिक कार्यक्रमको यस परियोजना अन्तर्गत राखिएको निशुल्क नेत्र शिविरमा आँखाका रोगीहरुका सम्पूर्ण खर्चपात एन० एच० पी० सी० टिस्टा लो ड्याम्प प्रोजेक्टले बेहोर्ने बताए | शिविरमा आँखा रोगीहरुको निम्ति जाँच पश्चात चश्मा लगाउन पर्ने आँखा, रोगीहरुलाई आगमी सप्ताहहरुमा पुन: कार्यक्रम गरी चश्मा प्रदान गरिने भयो अनि जम्मा २० जना पूर्ण आँखाका रोगीहरुलाई एन० एच० पी० सी० टिस्टा लो ड्याम्प प्रोजेक्टले ३० जनवरी भित्र आफ्नो खर्चमा उक्त शिविर देखि सिलिगुडी ग्रेटर लायन्स आइ हस्पिटलसम्मको ओहोर दोहोर आँखा शल्यचिकित्सा को निम्ति लैजाने भयो | यस शिविर समस्त नेत्र रोगीहरुलाई जाँच पश्चात फलादी वितरण गरियो | यस शिविरमा डा० ए० के० भास्टरा चिफ मेडिकल अफिसर, टी० एल० डी० पी० IV , डा० कल्पना भद्र सिनियर डी० सी० एम० ओ० टी० एल० डी० पी० III तथा अन्यान्य नेत्र विशेषज्ञहरु उपस्थित थिए | उक्त शिवीर बिहान ९.३० देखि मध्यान्तर सम्म सम्पन्न भएको थियो | यस शिविरबाट गरिब देखि सबै तहका नेत्र रोगीहरुले शिविरको लाभ उठाएका थिए |

Post a Comment
We love to hear from you! What's on your mind?