गणतन्त्र दिवशको अवसरमा रेशेप जागृति भवन आँगनमा झण्डोत्तलन कार्यक्रम

गणतन्त्र दिवशको अवसरमा स्थानीय सचेत युवावर्गहरुको प्रयासमा देवीथान टोल ( डाँडा गाउँ ) रेशेप मंग्पूको जागृति भवन आँगनमा ६३ औं गणतन्त्र दिवसमा झण्डोत्तलन कार्यक्रम सम्पन्न गरियो | गोपाल राईको सभापतित्वमा सम्पन्न कार्यक्रममा रुपन छेत्रीले संचालन गरेका थिए | छेत्रीले गणतन्त्र दिवसको महत्व बारे बोल्दै १९५० सालमा भारतीय संविधानको निर्माणपछि भारतीय जनताले त्यस शासन व्यवस्थाको अंगिकर गरेर सर्वप्रभुत्व सम्पन्न गणराष्ट्रको रुपमा विश्व मानव समाजको लहरमा प्रतिष्ठित गरे | १९६७ सालमा साधारण निर्वाचन पछि भारतीय प्रजातन्त्रको इतिहासमा नयाँ युगको सुत्रपात भयो | 
तर संविधान द्वारा प्रत्येक नागरिकवर्गको प्रगतिको निम्ति चरम बिन्दु सम्म पुग्ने समानता र सुविधा प्रदान गरेतापनि आज सम्म यस देशको नागरिकवर्गले अनुभूति गर्न नपाउनु खेदको कुरो हो साथै आजसम्म देशको निम्ति आत्मा बलिदान गर्ने देश प्रेमी गोर्खाहरुले भारतमा न्याय प्राप्त भएको छैन | यसै सन्दर्भमा हाम्रो समाजमा साना मसिना समस्याहरुबाट पनि मुक्तिहुन सकेका छैनौ |
शिक्षा, पानी,बाटो,स्वास्थ्य जस्ता विषय माथि पनि परिचर्चा गरियो | अन्तमा स्थानीय बाल- बालिकाहरुलाई  गणतन्त्र दिवसको खुशीमा मिठाई वितरण पछि कार्यक्रम समाप्त गरियो |
Read latest post filed under mungpoo news

Post a Comment

We love to hear from you! What's on your mind?

[blogger][facebook]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.