कृषकहरुका निम्ति सरकारले आवन्टन गरेको पैसा दागोपापले प्रयोग नगरेको खुलासा

कोलकाता, 3 फरवरी। :कालेबुङ कृषक कल्याण सङ्गठनका प्रतिनिधी टोलिले ख्याद्य मंत्री शरद पावर सित भेट गरिसके पछि कोलकतामा हर्टिकल्चर बिभागका मुख्य सचिव सित भेट गरेको छ। संगठनका महासचिव बिष्णु छेत्रीको नेतृत्वमा रहेको दश सदस्यीय टोलिले मुख्य सचिवलाई भेट गरि हर्टिकल्चर बिभागले कृषकहरुको निम्ति आवन्टन गरेको पैसा दागोपापका कृषकहरुले किन पएन भनि प्रश्न तेर्साए। यसै अवधी हर्टिकल्चर विभाग पश्चिम बङ्गाल सरकारका प्रिन्सिपल सेक्रेटेरी सीएम बचावतले पहाडी कृषकहरूको निम्ति दिएको राशिहरूको प्रयोग दागोपापले नगरेको खुलासा गरेका छन्‌। तिनले कालेबुङ कृषक कल्याण सङ्गठनका दस सदस्यीय टोली सित कुरा कानी गर्दै उक्त खुलासा गरेका हुन। फुड प्रोसेसिङ इण्डस्ट्री मुख्यालयमा हर्टिकल्चर बिभागका मुख्य सचिवले दर्जीलिंग पहाडका कृषक हरुले सरकारी सहुलियतहरु प्राप्त गर्न नस्क्नुमा दगोपापको दोष रहेको सोझै भने। यसै सन्दर्भमा अर्कोतिर हर्टिकल्चर विभाग कै महानिदेशक पी.के प्रामाणिकले पनि यसै कुरालाई समर्थन गरे।तिनहरुले कुराकानी गर्दै दागोपापले 2006-अनि 2007-को निम्ति पठाएको राशिलाई प्रयोग गरेको प्रयोग प्रमाणपत्र (युटिलाइलेशन सर्टिफिकेट) विभागलाई नदिएको  पनि स्पष्ट पारेका छन। जसको कारण नै 2008 देखि 2012 सम्म कै राशि पठाउन नसकिएको पनि चिफ सेक्रेटेरी बचावत अनि महानिदेशक प्रामाणिकले टोलिलाई अवगत गराए।
विभागले नेशनल हर्टिकल्टर मिशन अन्तर्गत 2006-7 को निम्ति दागोपापलाई 1 करोड 85 लाख दिएको थियो। नियम अनुसार दागोपापले यही वर्ष नै मिशन अन्तर्गत प्राप्त राशि विभिन्न खेती प्रोत्साहनको निम्ति कृषकहरुलाई अनुदानस्वरुप प्रदान गर्नु पर्ने थियो। कोलकातामा यसै विषयमाथि छानबिन गर्न कालेबुङ कृषक कल्याण सङ्गठनका दस सदस्यीय टोली पुगेको थियो। संगठनका महासचिव बिष्णु छेत्रीले 2006-7 को निम्ति दिइएको राशि कृषकहरूले एकै कञ्चि पनि प्राप्त गरेका छैनन्‌ भनि आरोप लगाएका छन। दागोपापले प्रयोग प्रामाणपत्र नबुझाएकोले 2012 सम्मकै राशि विभागले आवन्टन गर्न सकिरहेको छैन भनि तिनले बताए। आखिर किन दागोपापले पहाडका कृषकहरूमाथि यसरी अत्यचार गरिरहेको छ भन्ने प्रश्न गर्दै दागोपाप सरकारको एक विकास एजेन्सी हो, यसले सोझै कृषकहरूलाई मिशनबाट प्राप्त राशि प्रदान गर्नुपर्ने हो, तर यसो गरिएको छैन भनि तिनले थप बताए। यसभित्र कुन शक्ति र कुन मानसिकता हाबी भएको छ, सङ्गठनले छानबिन गर्ने छ भनि छेत्रीले जनाए। कोलकाताको विभागीय मुख्यालयबाट पाइएको जानकारी अनुसार दागोपापलाई दिइएको 1 करोड 85 लाख अन्तर्गत दागोपापले सुन्तला खेती, जैविक खेती, फूल अनि सब्जी खेती प्रोत्साहनको निम्ति अनुदानकोरुपमा कृषकहरूलाई प्रदान गर्नु पर्नेथियो। फर्काउनु नपर्ने अनुदान भएकोले कृषकहरूले राशिलाई पूर्णरुपले आफ्नो खेती योजनाको निम्ति प्रयोग गर्न सक्ने थिए तर दागोपापले प्रारम्भिक चरण कै राशि प्रयोग गरेको प्रमाणपत्र विभागलाई बुझाएन। यता सङ्गठनले दाबी गरेको छ कि यत्रो राशिबाट एकै कञ्चि पनि कृषकहरूले प्राप्त गरेका छैनन्‌। यसबाट स्पष्ट हुन्छ कि दागोपापले कि त अनुदानको निम्ति आएको राशिमा भ्र्रष्टचार गरेको छ कि त राशिलाई प्रयोग नगरी दागोपापमा नै राखिएको छ। यता 6वर्ष सम्ममा पनि युटिलाइजेशन सर्टिफिकेट बुझाउन नसकेकोले राशिमाथि भ्रष्टचार नै भएको गन्ध आएको छ। राशि आएपछि दागोपापले अनुदान वितरणको प्रक्रिया भने शुरू गरेको थियो। किन भने दागोपापले 300 रुपियॉं गोटाको अनुदान फारम सार्वजनिक गरेको थियो। यो अनुदान फारम योग्य कृषकहरूले 300 रुपियॉं तिरेरै पनि भरेर दागोपापमा पठाएको थियो तर अहिलेसम्म फारम भरे अनुसारको कुनै पनि राशि ती कृषकहरूले प्राप्त गर्न सकेनन्‌।
यता दागोपापले प्रयोग गरेको सर्टिफिकेट नभुझाइएकोले 2012 सम्मकै राशि दार्जीलिङ जिल्लामा पठाउन नसकिने बचावतले स्पष्ट पारेका छन्‌। यद्धपि सङ्गठनले तिनलाई ज्ञापन चढाउँदै दार्जीलिङ जिल्लाका कृषकहरूलाई विभागले किन सहुलियतबाट बञ्चित गर्‍यो भन्ने प्रश्न राखे। यस सम्बन्धमा बचावत अनि प्रमाणिक दुवैले दार्जीलिङको लोकल प्रशासन रहेको दागोपाप नै दोषी रहेको बताए। सङ्गठनले दुवैलाई ज्ञापनद्वारा दागोपापका संलग्न अधिकारीहरूमाथि शीघ्र नै आधिकारिक कार्वाही हुनुपर्ने माग गर्दै यदि कार्वाही नगरिए सङ्गठन केन्द्र सरकार अनि न्यायलयसमक्ष जाने चेतावनी पनि दिएको छ। यता महानिदेशक प्रामाणिकले यसै राशि अन्तरर्गत केवल सुन्तलाको निम्ति मात्र दागोपापलाई 35 लाख रुपियॉं आवन्टित गरिएको खुलासा पनि गरेका छन्‌। सङ्गठनका मूल सचिव विष्णु छेत्रीले पहाडको सुन्तला खेती गर्ने कृषकहरूले सुन्तलाको निम्ति पनि कुनै राशि प्राप्त नगरेको खुलाएका छन्‌। अर्कोतिर छेत्रीले बचावत अनि प्रामाणिकलाई औषधी मिशनद्वारा लेकाली क्षेत्रमा हुने औषधी खेती प्रोत्साहनको निम्ति प्रदान गरिने अनुदान पनि प्राप्त नभएको जानकारी दिए। छेत्रीले बताए अनुसार दार्जीलिङ जिल्लाका कृषकहरूले जटामशी, चिरौटा, कुट्‌की, कुट इत्यादीको खेती गरिरहेका छन्‌। उनीहरूले पाउनु पर्ने अनुदान नपाउनुमा कहॉं त्रुटी छ, यसको आधिकारिक जॉंच हुनुपर्ने माग पनि टोलीले गरेको छ। यता 2011 को निम्ति यसै मिशनबाट राशि आवन्टिन गरिएको भए पनि कृषकहरूलाई भने अहिलेसम्म प्रदान नगरिएको पनि छेत्रीको भनाइ रहेको छ। तिनले राशि शीघ्र नै कृषकहरूलाई उपलब्ध गराइनुपर्ने माग पनि गरेका छन्‌। दागोपापमा कृषक सम्बन्धमा सरकारले आवन्टन गरेका राशिहरू सहि प्रकारले प्रयोग नहुनुमा के कारण हुनसक्छ भन्दै यस बिषयमा जाँच हुन पर्ने संगठनले माग गरेको छ। संगठनका महासचिव बिष्णु छेत्रीले सरकारले कृषकहरुको उन्नतीको निम्ति सरकारले दिने राशीहरुला यदि कसैले भ्रष्टचात गरिरहेको छ भने त्यस्को सही कार्वही हुनपर्ने माग गरेको छ। यदि सरकारले सही प्रकारको जाँच नगरे संगठन न्यायलय जान बाध्य बन्ने छत्रीले बताए। तिनले यो कृषकहरुको पेटमा लात मार्ने काम संगठनले कुनै पनि हालतमा सहन नगर्ने बताउँदै यसको न्यायिक जाँच सरकारले यथाशिघ्र शुरु गर्नुपर्ने माग गरेको छ।
Read latest post filed under regional news

Post a Comment

We love to hear from you! What's on your mind?

[blogger][facebook]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.