कालेबुङ, 3 फरवरी। डी० के०: माकपा नेता तरा सुन्दासले डाक घरहरूले गर्ने आर्थिक लेनदेन क्षमता वृद्धि गर्नुपर्ने माग गर्दै दार्जीलिङ मुख्य डाकघरका अधिक्षकलाई पत्र पठाएका छन्। यसै सम्बन्धमा आज सुन्दासले कालेबुङ मुख्य डाकघरका पोष्टमास्टर पारष थापासित भेटघाट गर्दै समस्या निदानको निम्ति ज्ञापन दिए। तिनले मुख्य डाकघरहरूलाई दिइएको सिमित आर्थिक लेनदेन क्षमताको कारण दार्जीलिङ जिल्लाका नागरिकहरूले व्यापक समस्या भोग्नु परिरहेको जनाएका छन्। मुख्य डाकघरलाई दैनिकरुपले केवल सात लाख रुपियॉं मात्र लेनदेन गर्ने क्षमता दिइएको छ तर समस्यालाई हेर्नु हो भने यतिले नागरिकहरूलाई डाकघरहरूले सही सेवा दिन सक्दैन भन्दै तारा सुन्दासले डाक घरमा हुने लेनदेनको क्षमता बृद्धि गर्नु आवश्यक रहेको बताए। हाल बिभिन्न स्थानहरुमा भई रहेको नरेगाको कर्यमा डाक घरबाटनै लेनदेन हुने गरेको बताउँदै डाक घरको सिमित लेनदेनको क्षमताले ब्यापक समस्या भईरहेको तिनले बताए। क्षमताको कारण साधरण मानिसहरुले दैनिक समस्या भोग़्न परेकोमा सुन्दासले गुनासो गरे। सिमित लेन्देनका कार्ण जनताहरुले पाउँने भत्ताहरु समेत समयमा पाउँन नसकिरहेको तिनले बताउँदै यसको यथाशिघ्र निदान गर्नुपर्ने तिनले माग गरे। अन्य जिल्लाहरूको तुलनामा दार्जीलिङ जिल्लाको भौगोलिक स्थिति अलग छ भएको कारण दार्जीलिङको निम्ति अलग नीति तय गरिनुपर्ने तिनले माग गरे। यता कालेबुङ पोष्ट मास्टरले अहिले डाकघरको क्षमता वृद्धि गरेर 12 लाख पुर्याइएको बताएका छन् तर सुन्दास अनुसार वृद्दि गरे पनि दार्जीलिङलेखि कालेबुङ आउने डाकघरको वाहन नरहेकोले दार्जीलिङबाट कागजपत्र सोझै सिलगढी पुग्ने अनि सिलगढीबाट मात्र कालेबुङ आउने भएकोले समस्या जस्ताको त्यस्तै रहेको आरोप लागए |

Post a Comment
We love to hear from you! What's on your mind?