कालेबुंग. डी० के० वाइबा: गोर्खा लिबरेशन अर्गनाइजेशन ( जीएलओ) प्रमुख छत्र सुब्बा माथि लगाएका सम्पूर्ण आरोपहरुको ठाडो जवाब दिएका छन् | भारतीय गोर्खा भूतपूर्व सैनिक एवम अर्ध सैनिक मोर्चाको चौथो स्थापना दिवसमा जसरी मोर्चा प्रमुख बिमल गुरुङले आक्रमण शैलीमा छत्र सुब्बा माथि बर्सिए ठीक त्यस्तै आक्रमण शैलीमा सुब्बाले कडा प्रतिक्रिया जनाएका छन् | तिनले सुवास घिसिंग हम्लाकाण्डको आरोपमा आफूलाई जेलमुक्त गराउन मोर्चा प्रमुख बिमल गुरुङले राज्यका मुख्य मन्त्री ममता ब्यनार्जीसित व्यक्तिगत अनुरोध गरेको दाबीलाई खण्डन गर्दै आफूलाई बिमल गुरुङले निकाल्ने कार्य नगरेको दाबी गरे | दार्जीलिंग पहाडका राजनैतिक दल क्रान्तिकारी मार्क्सवाद कम्युनिस्ट पार्टी ( क्रामाकपा) ले आफू जेलमा हुँदा मुक्तिको निम्ति आवाज उठाउदा बाधा दिने कार्य गरेको दाबी गरे | गोजमुमो प्रमुख गुरुङले आफ्नो मुक्तिको निम्ति मुख्य मन्त्रीसित कुराकानी गरेको बताएर जनतामा भ्रम फैलाउने काम गरिरहेको तिनले दाबी गरे | यति मात्र होइन तिनले जनताबाट श्रेय बटुल्न छत्र सुब्बाको मुक्तिको निम्ति मोर्चाले पहल गरेको समचार पत्रमा लेखे भने वास्तविकरुपमा भने केही नगरेको थप दाबी गरे | यसै क्रममा तिनले पत्रकारहरुसित कुराकानी गर्दै गत केही महिना अघि रेली खोलाको बगरमा बिमल गुरुङसित भएको भेटमा गोर्खाल्याण्डको आन्दोलन अघि बढाउन सहयोग मागेको आरोप स्वीकार गर्दै आन्दोलनको निम्ति जनता भएको पार्टीको नातामा सघाउन पर्छ भनेको बताए | यधपि अहिले मोर्चाले जन समर्थन गुमाईसकेको कारण आफूलाई मोर्चाको सहयोग नचाहेको स्पष्ट पारे | यसै अवधि तिनले छुट्टै राज्यको आन्दोलन अघि बढाउने नेताहरुमा आफूमात्र एकमात्र इमान्दार नेता रहेको दाबी गर्दै बिमल गुरुङ गलत नेता रहेको ठोकुवा गरे | तिनले भने " मैले सुबास घिसिंगले शुरु गरेको छुट्टै राज्य गोर्खाल्याण्डको आन्दोलनमा साथ दिए | तर तिनले दागोपापमा सम्झौता गरेर घात गर्ने काम गर्यो | उक्त समय मोर्चा प्रमुख बिमल गुरुङले पनि समर्थन गरेर घिसिंग कै साथ लाग्यो | केवल म मात्र एकजना नेता हुँ जुन घिसिंगले सम्झौता गरेको दागोपापमा लिखित विरोध जनाएर गोर्खाल्याण्ड आन्दोलन गरेको थिए | " तिनले आफूलाई कसैले पनि किन्न नसक्ने र आफू मुद्दा र जातिको निम्ति बिक्री नभएर गोर्खाल्याण्ड आन्दोलन अघि बढाउने नेता रहेको ठोकुवा गर्दै बिमल गुरुङ नै गोर्खाल्याण्ड मुद्दा अघि सारेर जीटीएमा बिक्री भएको तिनले आरोप लगाए | सुब्बाको बुद्धि जिरो रहेको मोर्चा नेता गुरुङले लगाएको आरोपको जवाब दिंदै मेरो बुद्धि जिरो भएर नै सायद आझै गोर्खाल्याण्ड भनिरहेछु अनि बुद्धि धेर भएकाहरुले चाहिँ जीटीएमा सम्झौता गरेको होलान भन्दै गुरुङ प्रति व्यंग कसे |
मोर्चा प्रमुख बिमल गुरुङले छुट्टै राज्य गोर्खाल्याण्डको आन्दोलन अघि बढाउन छत्र सुब्बाको कुनै रणनीति छैन भन्ने आरोपको जवाब दिंदै आन्दोलनको रणनीति बारे बिमल गुरुङले नदुखाउनु भने | तिनले आफूलाई जीटीएको सत्तामा बस्न चाहे राखिदिन्छु भन्ने गुरुङको बक्तब्यलाई खण्डन गर्दै मेरो निम्ति जीटीए थोत्रे कुरा हो अनि यस्तो थोत्रे व्यवस्थामा छत्र सुब्बाले लोभ गर्छ भन्ने सोंच नराख्नु भनि ठाडो जवाब दिए | यसै सन्दर्भमा तिनले आफूलाई सरकारको पक्षबाट पहिले नै ग्रेटर अटोनोमसको अफर आएको अनि उक्त अफरमा तराई डुवर्स समावेश रहेको दाबी गर्दै गोर्खाल्याण्ड बाहेक अन्य कुनै पनि व्यवस्थामा आफूले सम्झौता नगर्ने अडान राखेको दाबी गरे | तिनले गोर्खाहरुको राष्ट्रिय सुरक्षा नबोक्ने कुनै पनि व्यवस्था स्वीकार नगर्ने अनि यस्तो थोत्रे व्यवस्था जीटीएमा छत्र सुब्बालाई लोभ देखाएर भुल्याउछु भन्ने आँट समेत नदेखाउनु भनि चुनौती दिएका छन् | अहिले मोर्चाले जीटीए थाप्न कस्तो बाध्यता पर्यो भन्ने प्रश्न गर्दै सम्पूर्ण आन्दोलनमा जनताले साथ र सहयोग दिंदा जीटीएमा सम्झौता गर्नु जनतालाई छलको राजनीति गर्नु हो भनि स्पष्ट पारे | तिनले आफू अघि मोर्चा नेताहरुले लगाएका सम्पूर्ण आरोपहरु निराधार रहेको दाबी गर्दै यस्तो झूटो आरोप लगाएर जनतामा भ्रम सृजना नगर्नु भन्दै सुझाउ दिएका छन् |
Post a Comment
We love to hear from you! What's on your mind?