छत्रे सुब्बा द्वारा पुरानै पार्टीको ब्यानरमा गोर्खाल्याण्ड आन्दोलन गर्ने घोषणा

कालेबुंग. डी० के० वाइबा: पुरानै राजनैतिक झण्डा अनि पुरानै चर्चित गोर्खाल्याण्ड आन्दोलनका जंगी नेता छत्र सुबाले नयाँ सोंच र नयाँ अवधारणामा छुट्टै राज्य गोर्खाल्याण्ड आंदोलन शुरु गर्ने घोषणा गरेका छन् | तिनले उक्त घोषणा आज पत्रकारहरुलाई सम्बोधन गर्दै भनेका हुन् | छत्र सुब्बाले भने " गोर्खाल्याण्डको अब हुने नयाँ आन्दोलन पुरानै राजनैतिक दल गोर्खा लिबरेशन अर्गनाइजेशन ( जीएलओ) पार्टीको ब्यानरमा हुनेछ | यसको झण्डा पनि पुरानै हुनेछ अनि नेता पनि पुरानै र मेरो टोपी पनि पुरानै हुनेछ | " तिनले पुरानै झण्डा र दलको ब्यानरमा छुट्टै राज्यको आन्दोलन अघि बढाउने भएतापनि यसको शैली र कार्य पद्वति भने नयाँ हुने बताएका छन् | पत्रकारहरुसित कुराकानी गर्दै छत्र सुब्बाले आफू मात्र कुनै पनि व्यवस्थामा विक्री नहुने नेता रहेको दाबी गर्दै अब हुने आन्दोलन अहिंसात्मक र गणतान्त्रिक तरिकाले गरिनेछ भने | यसै क्रममा तिनले पुरानो दल जीएलओको ब्यानरमा आन्दोलन शुरु गर्ने भएको भए पनि एउटा सभा राखेर जनताको आकाक्षा बुझ्ने बताउँदै यदी जनताले पार्टीको नाम र झण्डा परिवर्तन गर्ने अनुरोध गरे त्यसलाई सहर्स स्वीकार गर्ने पत्रकारहरुलाई जनाए | सुब्बाले आफूले छुट्टै राज्य गोर्खाल्याण्ड कसरी चलाउनु पर्छ भन्ने कुरा आजभन्दा २० - २५ वर्ष अघि नै सोंचि सकेको पनि प्रष्ट पारे | तिनलाई केही दिन अघि दार्जीलिंग पहाड लगायत तराई डुवर्सको भ्रमण बारे प्रश्न गर्दा " म गोर्खाल्याण्ड प्रेमी नेता हुँ, त्यसैले गोर्खाल्याण्ड प्रेमी जनताको बिचार बुझ्न जही पनि घुम्ने मेरो अधिकार छ " भने | दार्जीलिंग पहाडमा छुट्टै राज्यको निम्ति आफूमात्र एक्लो निस्वार्थ मुद्दा र जाति प्रेमी नेता रहेको दाबी गर्दै म पानी बेचेर आफ्नो जीवन चलाउछु त्र माटो र जाति बेच्ने काम गर्दिन भने | तिनले सुबास घिसिंगले दागोपापमा सम्झौता गरेर जाति र माटोको मुद्दा बेचेको अनि अहिले बिमल गुरुङले जीटीएमा माटोको आन्दोलन थन्काएको दाबी गरे | हाल गोरामुमोले उठाईरहेको छैटौ अनुसुचीको मुद्दा विषयमा प्रश्न गर्दा यस्ता चान चुने मुद्दाहरुमा सोच्ने मेरोमा फुर्सद छैन किन भने म केवल गोर्खाल्याण्डको मुद्दा मात्रै सोचिरहेको छु भने | 
यसै सन्दर्भमा सुब्बाले यस गोर्खाल्याण्डको आन्दोलनमा सम्पूर्ण गोर्खाल्याण्ड प्रेमी जनताहरुले साथ दिनुपर्ने आह्वान गरे | तिनले जीटीए विषयमा टिप्पणी गर्दै मोर्चा नेताहरुका निम्ति जीटीए भयङ्कर होला त्र मेरो निम्ति यो थोत्रे व्यवस्था हो भने | दार्जीलिंग पहाडमा चलेको राजनैतिक चलखेलको शिकार बनेर आफूलाई बिनाकारण जेलमा राखेको बताउँदै अहिले न्यायलयले सम्मानपुर्वक निर्दोष रहेको बताउँदै जेलबाट छोडेको अनि यसबारे कसैले नकारात्मक टिप्पणी नगर्नु भनि सुझाउ दिए | तिनले सुप्रिम कोर्टमा पब्लिक लिटीगेशनमा मुद्दा दर्ता गरेको अनि यसबारे चाडै पर्दाफास हुने सुब्बाले जनाए | तिनले गोर्खाल्याण्डको आन्दोलन गर्ने घोषणा गरेतापनि समय र महिना निश्चित नभएको अनि यो पनि चाडै निश्चित हुने बताएका छन् |
Read latest post filed under political news

Post a Comment

We love to hear from you! What's on your mind?

[blogger][facebook]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.