समाचार च्यानल बन्द प्रकरण: क्रामाकपाको पोष्टरिंग मोर्चाको प्रतिक्रिया

डी के वाइबा: कालेबुङ 12 फरवरी:  कालेबुङका समाचार च्यानलहरु बन्द गरेको सन्दर्भमा क्रामाकपाले आज शहरमा पोष्टरिंग गरेको छ। एकातिर मोर्चा प्रमुख बिमल गुरुंगले मिडीया कर्मीहरु बिरुद्ध मुद्दा हाल्ने कुरा गर्नु अनि अर्कोतिर समाचार प्रशाण बन्द हुनुमा क्रामाकपाले पारी चितुवा कराउँनु अनि वारी बाख्रा हराउँनु भनि टिप्पणी गरेको छ। एकातिर समाचार क्यानलहरु बन्द भएको छ भने कतिपय च्यानलहरुबाट मोर्चाको कार्यक्रमहरु प्रशारण भईरहेको सन्दर्भमा पनि क्रामाकपाले आपत्ति जनाएको छ। यदि लोकल क्याबलबाट समाचार प्रशारण गैर कानुनि हो भने कार्यक्रम प्रशारण हुने च्यानलहरुलाई किन उक्त नियम लागु हुँदैन भनि क्रामाकपाले पोष्टरमा प्रश्न उठाएको छ।
      अर्कोतिर क्रामाकपाले समाचार च्यानलहरु बन्द भएकोमा पोष्टर टाँसेर बिरोध गरेको सन्दर्भमा गोर्खा जनमुक्ति मोर्चाले प्रतिक्रिया जनाएको छ। मोर्चाका केन्द्रिय समिति सदस्य सामुएल गुरुंगले आज मोर्चाको पथसभालाई सम्बोधन गर्दै डमबर चौकबाट समाचार च्यानहरु बन्द भएअकोमा क्रामाकपाले वास्तविक कुरा बुझ्नु भनि सुझाव दिएका छन। तिनले पथ सभालाई सम्बोधन गर्दै कालेबुंगमा लोकल मिडीयाहरुले मोर्चाको आन्दोलनलाई यहाँ सम्म ल्याउँन सहयोग गरेका हुन। तर कतिपय कुराहरुमा अप्ठ्यारो पर्ने कुरा बुझेर क्याबल मालिक पक्षले समाचार प्रशारणमा रोक लगाउँदा यसको आरोप मोर्चलाई लागाउँन हुँदैन भ्नै तिनले बताए। तिनले लोकल क्याबलमा समाचार प्रशारण गर्दा हुने कतिपय तक्निकी असुबिधाहरु रहेको अनि उक्त तक्निकी असुबिधाहरुबारे समाचार च्यानलकर्मीहरुले मोर्चालाई सहयोग मागे मोर्चा मिडीया कर्मीहरुको सहयोगमा रहेको स्पष्ट पारे। हाल लोकल क्याबलमा समाचार प्रशारण गर्दा कानुनि अवैद्य रहेको अनि यसलाई प्रशासनिक रुपले वैद्य बनाउँन मोर्चाले सहयोग गर्न तयार रहेको थप सामुएल गुरुंगले बताए। तिनले क्रामाकपाले पोष्टरिंग गरेको सन्दर्भमा यो केवल पार्टीको राजनैतिक अस्तित्व बचाउँने चल खेल मात्र रहेको आरोप लगाउँदै यदि जानता आफ्नो साथमा छ भन्ने ठान्छन भने जुलुस निकालेर क्याबल मालिक पक्षको बोरोधमा जुलुस निकाल्नु भनि चुनौति दिए।
Read latest post filed under regional news

Post a Comment

We love to hear from you! What's on your mind?

[blogger][facebook]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.