युवा अनि नारी मोर्चा द्वारा गोर्खाल्याण्डको मागमा जुलुस एंव पथ सभा

डी के वाइबा: कालेबुङ 11 फरवरी: निकै लामो अन्तराल पछि छुट्टै राज्य गोर्खाल्याण्डको माग गर्दै गोर्खा जनमुक्ति युवा मोर्चा अनि नारी मोर्चा कार्यकर्ताहरुले कालेबुङको सडकमा जुलुस निकाले। यस अवसरमा युवा मोर्चा अनि नारी मोर्चा कार्यकर्ताहरुको ब्यापक उपस्थिति रहेको थियो। छुट्टै राज्य गोर्खाल्याण्डको माग गर्दै मोर्चाको भातृ संगठ युवा मोर्चा अनि नारी मोर्चा कार्यकर्ताहरुले यहाँको डम्बर चौक बाट जुलुस निकालेका थिए। यस अवसरमा गोर्खाहरुलाई छुट्टै राज्य गोर्खाल्याण्ड गठन गर्नु पर्ने माग गर्दै शहरमा नाराबाजी लागाए। डम्बर चौकबाट शुरु भएको जुलुसले यहाँको दशमाईल फाटक हुँदै शहर परिक्रमा गरे पछि पुन: डम्बर चौकमा आईपुगेर पथसभाम परिणत भयो। यस अवसरमा पथ सभालाई सम्बोधन गर्दै युवा मोर्चा कालेबुङ महकुमा समितिका सहसचिव बारुद थापले घरी घरी मोर्चालाई गोर्खाल्याण्डको आन्दोलन ड्रप गरेको बिपक्षी राजनैतिक दलहरुका नेताहरुले आरोप लगाउँने कार्य नगर्नु भन्ने सुझाव दिदै मोर्चाले कहिल्यै गोर्खाल्याण्डको मुद्दा ड्रप नगरेको दाबी गरे। बिगत सुवास घिसिंगले चलाएको आन्दोलनमा जब दागोपापको सम्झौता भयो त्यस समय दागोपापको सम्झौता पत्रमा नै गोर्खाल्याण्दको आन्दोलन ड्रप गरेको लेखेको बताउँदै तर यता गोजमुमोले भने जीटीएमा सम्झौता गर्दा पनि गोर्खाल्याण्डको मुद्दालाई त्याग्ने कार्य नगरेको तिनले बताए। तिनले कुनै पनि राजनैतिक पार्टीहरुको नाम नलिईकन बिपक्षी दलहरु प्रति बरिन्दै यहाँ मोर्चाले गणतन्त्रको स्थापना गरेको दाबी गरे। युवा मोर्चालाई जीटीए गठन हुँदा अथवा गठन नहुँदा कुनै फरक नपर्ने बताउँदै युवा मोर्चा गोर्खाल्याण्ड नभए सम्म आन्दोलनमा लागि पर्ने थप थापले बताए। तिनले जब सम्म छुट्टै राज्य गठन हुँदैन तबसम्म युवा मोर्चाको आन्दोलन जारी रहने दाबी गर्दै बिगतका नेताहरुले जुन प्रकारका जल्तिहरु गरे त्यस्ता गल्तिहरु मोर्चाले कहिल्यै नदोहोराउँने ठोकुवा गरे। यसै सन्दर्भमा नारी ,मोर्चा कालेबुङ महकुमा समितिका सचिव बन्दना योन्जनले बिगत भारत स्वाधीन हुनलाई गान्धी मात्र लडेका थिएनन तर सुवास चन्द्र बोस पनि लडेका थिए भन्दै यदि गोर्खाहरुलाई सरकारले छुट्टै राज्य गोर्खाल्याण्ड नदिए युवाहरु सुवास चन्द्र बोस जस्तो अनि नारीहरु झाँसिकी रानी र मिरा बाई जस्तो तरिकाले आन्दोलनमा ओर्लिने चेतावनी दिए। यसरी नै पथसभालाई गोजमुमो कएन्द्रिय समिति सदस्य समुएल गुरुंगले सम्बोधन गर्दै गोजमुमो गोर्खाल्याण्डको मागमा अडीग भएर बसेको दाबी गरे। आन्दोलन कालमा मोर्चाले जनतालाई कुनै पनि कुरा ढाँट्ने नगरेको बताउँदै बिपक्षीहरुले मोर्चाले जनतालाई ढाँट्यो भन्ने आरोप लाउँन नहुने सुझाव राखे। हाल केन्द र राज्य सरकारले ज़ीटीएको खेस्रामा मोर्चा सित सम्झौता गरेता पनि उक्त जीटीए कार्यंवय नहुँदा सरकार प्रतिको बिश्वास मोर्चाबाट हराउँन थालेको बताउँदै यदि सरकारले गोर्खाल्याण्ड गठनको निम्ति ढिलो पहल गर्दा पहाडको शान्ति प्रक्रिया भंग भए त्यसको दायी सरकार नै हुने तिनले स्पष्ट बताए। मोर्चा प्रमुख बिमल गुरुंगले यदि जीटीए गठन नभए आगमी 17 अप्रेलको दिन  जीटीएको सम्झौता पत्र निश्चित रुपमा जलाएर आन्दोलनलाई जोड्दार अघि बडाएर लाने चेतावनी दिएका छन।
Read latest post filed under political news

Post a Comment

We love to hear from you! What's on your mind?

[blogger][facebook]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.