जनमुक्ति कर्मचारी संगठन सिन्कोना जोनको विभिन्न सिन्कोना कर्मचारी तथा सिन्कोना व्यवस्थापन संग निर्देशक कार्यलयमा एक जरुरी सभा बस्यो | उक्त बैठकमा सिन्कोना व्यवस्थापनको पक्षमा डा० जी० सी० सुब्बा निर्देशक सिन्कोना एवम अन्य औषधिय बनस्पतिहरु, सी० बी० थापा व्यवस्थापक सरकारी कुइलेनबारी मंग्पू, नरेश बराइली सरकारी कुइलेन बगान तथा जनमुक्ति कर्मचारी संगठनका सभापति सी० पी० शर्मा, सचिव प्रेम शेर्पा, एस० टी० शेर्पा मन्सोंग शाखा सचिव, कैलाश गुरुङ रोंगो शाखा, प्रसाद रंनपहेली सचिव रोंगो तथा मन्सोंग, मंग्पू, मंग्पू लाठका विभिन्न जनमुक्ति कर्मचारी संगठनका प्रतिनिधिवर्ग बिशेष रुपमा उपस्थित रहेका थिए | बैठकमा सम्पूर्ण उपस्थित जनमुक्ति कर्मचारी संगठनको उपस्थिति तथा चार वटा विभागका व्यवस्थापकहरुको उपस्थितिमा विगत अदालतको आदेश अनुसार नियुक्ति एवम पदोन्नतीमा नयाँ प्रकारले तयार गरिनु पर्ने आवश्यकता भएकोले व्यवस्थापनले तयार पारेको उक्त खेस्रा बारे व्यवस्थापनको पक्षमा संगठनको प्रतिनिधिहरु माझ पेश गरियो | उक्त खेस्रा बारे आगमी २९ फरवरी भित्रमा जनमुक्ति कर्मचारी संगठन सिन्कोना जोनको सुझाउ राख्ने व्यवस्थापन पक्षले आग्रह गरे | उक्त व्यवस्थापन र जनमुक्ति कर्मचारी संगठनको बैठकमा सिन्कोना कारखाना सम्बन्धित, सिन्कोनाको सम्पूर्ण कार्य संस्कार तथा सुधार, विभिन्न सिन्कोना बगानको समस्या अनि सिन्कोना बगान भित्र सेवारत कर्मचारीवर्गको विविध समस्याबारे गहन विचार विमर्श भयो | अन्तत: दुवै पक्षबाट सिन्कोनाको भविष्यको निम्ति असल ढंगमा कार्यसंस्कार लिइ अघि बढ्ने निर्णय भयो |
Post a Comment
We love to hear from you! What's on your mind?