छत्र सुब्बा सितै जेल जीवन बिताउँने बिजय छेत्री गोजमुमोमा सामेल

डी के वाइबा: कालेबुङ १७ फरवरी : एकातीर छत्र सुब्बाले पुन: छुट्टै राज्य गोर्खाल्याण्डको आन्दोलन सुरु गर्ने घोषण गरिसकेका छन् भने अर्कोतिर बिगत दिनमा तिनी सितै आन्दोलन गरी संगै जेल बसेका साथीहरुले भने तिनको साथ छोड्न थालेका छन। बिगत दिनमा सुब्बा सितै आन्दोलन गर्ने कालेबुङका बिजय छेत्रीले छत्रको साथ छोडेर गोजमुमोमा सामेल भएका छन्। जीएलओ प्रमुख छत्र सुब्बाको आन्दोलनलाई बिगत दिनमा साथ दिने छेत्री सुब्बा सितै जेल समेत बसेर हाल घरमा बसिरहेका छन्। तिनले बर्तमान समयमा शसस्त्र आन्दोलनमा आफ्नो विश्वास हराएको बिचार पोख्दै छुट्टै राज्यको गणतान्त्रिक आन्दोलनमा नै होमिन चाहेको बताए। सशस्त्र आन्दोलनले निश्चित उपलब्धी हासिल गर्न नसक्ने कुरा बुझेर नै आजको परिवेश गणतान्त्रिक आन्दोलनको निम्ति सही रहेको तिनले बताउँदै मोर्चा प्रमुख बिमल गुरुङ कै नेतृत्वमा आन्दोलन गर्ने बिचार रहेको तिनले बताएका छन्। बिगत दिनमा शसस्त्र आन्दोलनमा बिश्वास राखेर छुट्टै राज्य गोर्खाल्याण्ड प्राप्तीको निम्ति आन्दोलनमा होमिने छेत्री आज गोजमुमोमा सामेल बने पछि तिनलाई युवा मोर्चा कालेबुङ महकुमा सचिव निमा तामङले स्वागत जनाए। तिनालई खदा लगाएर स्वागत गर्दै  गोर्खाल्याण्डका एक सॉंचो योद्धाको रूपमा परिचित मोर्चाले गणतान्त्रिक आन्दोलनमा बिश्वास गर्ने भएको कारण कुनै पनि व्यक्तिहरु यदि ईमान्दार पुर्वक गणतान्त्रिक आन्दोलनमा सहभागी बन्न चाहेको खण्डमा मोर्चाले स्वागत गर्ने तामङले बताए।
Read latest post filed under political news

Post a Comment

We love to hear from you! What's on your mind?

[blogger][facebook]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.