मंग्पू | केशर मोक्तान: एनएचपीसी महिला संगठन अनि मंग्पू मोटर कर्मचारी कल्याण संगठनको संयुक्त आयोजनामा स्थानीय रम्बी बिजकमान प्राथमिक पाठशालामा निशुल्क स्वास्थ्य जाँच शिविर सम्पन्न भयो | उक्त शिविरको उद्घाटन एनएचपीसी महिला कल्याण संगठनका अध्यक्षा अनिता बर्माको बाहुलीबाट गरियो | यस स्वास्थ्य शिविरमा मंग्पू वरिपरीका कूल २३४ जना बिरामीहरुले स्वास्थ्य जाँच गराए | डाक्टरको जाँच पछि विरामीहरुलाई निशुल्क औषधि तथा पौष्टिक आहार पनि वितरण गरियो | शिविरमा एनएचपीसीका डाक्टरहरु क्रमैले ए० के० श्रीवास्तव, कल्पना भद्रा,एल० बी० सिंह अनि एन० एम० प्रसादले रोगीहरुको स्वास्थ्य जाँच गरे | ती डाक्टरहरुले विरामीहरुको मधुमेह र चापको पनि निशुल्क जाँच गर्दै औषधि वितरण गरे | शिविरमा एनएचपीसीका अधिकारी विजय कुमार लाक्रा, भाद्र सिंह अनि एल० बी० सिंह तथा मंग्पू मोटर कर्मचारी कल्याण संगठनको सभापति हर्क पाख्रिन सचिव कपिल लोहार तथा संगठनका सम्पूर्ण सदश्यवर्ग उपस्थित रहेका थिए | कार्यक्रमका प्रमुख अतिथि महिला कल्याण संगठनका अध्यक्षा अनिता बर्माले कार्यक्रमलाई सम्बोधन गर्दै आगमी दिनमा पनि एनएचपीसीको पक्षबाट यस्तै निशुल्क स्वास्थ्य जाँच तथा आँखा जाँच शिविरहरु यस क्षेत्रमा आयोजना गर्ने कुरो बताए | स्मरण रहोस एनएचपीसी महिला कल्याण संगठनले यस क्षेत्र मा निशुल्क स्वास्थ्य जाँच शिविर संग संगै स्थानीय सामाजिक संघ संस्था तथा पाठशालालाई थुप्रै सर समानहरु पनि वितरण गर्दै आइरहेका छन् | उक्त जाँच शिविरमा स्थानीय ग्रामबासीले पनि धेरै सहयोग पुराएका थिए |
Post a Comment
We love to hear from you! What's on your mind?