३१ ए हाइवेमा युवा मोर्चा द्वारा जुलुश अनि पथ सभा

मंग्पू | केशर मोक्तान: आज युवा मोर्चा हाइवे ब्लक कमिटि अनि रम्बी बजार युवा मोर्चाको रम्बी बजार परिसरमा विराट जुलुशको आयोजना भयो | उक्त जुलुशले रम्बी बजार परिक्रमा गर्दै स्थानीय पार्टी कार्यलयमा पुगी पथ सभामा परिणत भयो | रम्बी गोजमुमो शाखा सभापति मनभरण सिंहको अध्यक्षतामा सम्पन्न भएको पथ सभालाई सम्बोधन गर्दै युवा मोर्चा हाइवे ब्लक कमिटि अध्यक्ष बिशाल राईले जीटीएको विरोध पनि छैन समर्थन पनि छैन छैन भन्दै यदी २७ मार्च सम्ममा पनि जीटीएको गठन नभए १७ अप्रेल देखि युवा मोर्चाले गोर्खाल्याण्ड आन्दोलन चर्काउने घोषणा गरे | अध्यक्ष बिशाल राईले हाइवेका युवाहरु शाररिक, मानसिक र बौधिक तौरमा गोर्खाल्याण्ड आन्दोलनको निम्ति तयारी रहेको बताउँदै राष्ट्रिय राजमार्ग ३१ ए हाइवेको शान्तिमय वातावरणलाई विपक्षीहरु बिगार्न खोज्दैछ भनि आरोप लगाए | विगतको गोर्खाल्याण्ड आन्दोलनमा पनि हाइवेबासी युवा मोर्चाले सडकमा उत्रिएर आन्दोलन गरेका थिए भने आगमी दिनमा पनि युवा मोर्चा गोर्खाल्याण्ड आन्दोलनको निम्ति तयार रहेको दाबी गरे | उनले हाइवेका विपक्षी साथीहरुले युवा मोर्चाको दह्रो चुनौतीको सामना गर्नु पर्ने चेतवानी पनि दिए | अध्यक्ष राईले हाइवेका विपक्षी साथीहरुलाई मोर्चाको आन्दोलनमा सामेल हुने आह्वान गर्दै सक्रिय रुपमा खट्ने आह्वान गरे | यस्तै गरी आगमी आइतबार २६ फरवरीको दिन हाइवे काली झोडामा युवा मोर्चाले जुलुश तथा सभा गर्ने राईले जनाए | सभामा गोजमुमो हाइवे ब्लक कमिटि प्रतिनिधि नर्बु लामा, हाइवे चालक महा संघ सभापति उतम राई अनि सभाध्यक्ष मनभरण सिंहले पनि सम्बोधन गरे भने त्यस पथ सभाको संचालन युवा मोर्चा रम्बी शाखा सचिव जितेन्द्र छेत्रीले संचालन गरेका थिए |  
Read latest post filed under mungpoo news, political news

Post a Comment

We love to hear from you! What's on your mind?

[blogger][facebook]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.