मंग्पू विभागमा सुन्तला खेती अनि सुन्तला रोग उन्मुलन शिविर सम्पन्न

मंग्पू विभागीय कृषक कल्याण संगठन मंग्पूको आयोजना तथा कालेबुंग कृषक कल्याण संगठनको प्रायोजनामा मंग्पू विभागीय प्राथमिक पाठशाला भवनमा सुन्तला खेति तथा यस सम्बन्धि विविध रोगहरु निरोधक विषय सचेतना शिविर कार्यक्रम सम्पन्न भयो | उक्त सुन्तला खेती तथा रोग प्रतिरोध उपायहरु बारे सैधान्तिक तथा व्यवहारिक ज्ञानहरु कालेबुंग कृषक कल्याण संगठनको मूल सचिव विष्णु छेत्री तथा विजेष राई कालेबुंगले उपस्थित ४३ जना सुन्तला खेती कृषकहरुलाई सुन्तला विषय छायांकन सहित विभिन्न सुन्तला बोटमा लाग्ने रोग अनि निवारणको प्रश्नोत्तर कार्य भयो | उक्त शिविरमा खेतीको निम्ति आवश्यक माटोको गुणहरु, विभिन्न मल तथा रोगमुक्त सुन्तलाको बिरुवा रोप्न पर्ने सरसल्लाह दिए | अन्तमा शिविरमा विभिन्न दवाई अनि जैव मलहरु बारे वृतान्त प्रयोगको उपायहरु संगै यसको समय अवधि बारे पनि ज्ञात गराए | सुन्तला खेती तथा रोगमुक्त सुन्तला बोट बिरुवा सम्बन्धि विभिन्न ज्ञानहरु मंग्पू विभागीय कृषकहरुलाई बताएकोमा मंग्पू विभागीय कृषक कल्याण संगठन कालेबुंग कृषक कल्याण संगठन प्रति कृतज्ञता प्रकट गरे | अन्तमा मूल संयोजक बुध कुमार थापा मंग्पू  विभागीय कृषक कल्याण संगठनको पक्षमा सबै कृषकहरुलाई धन्यबाद दिंदै  सुन्तला खेती अनि रोग निवारणको एकदिने शिविर समाप्त भएको घोषणा गरेको समीर राई अनि फिरोज थापाले एक विज्ञप्ति मार्फत जनाएका छन् |
Read latest post filed under mungpoo news

Post a Comment

We love to hear from you! What's on your mind?

[blogger][facebook]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.