मंग्पूमा दैनिक ८ घण्टा विधुत कटनीले जनता आक्रोशित

मंग्पू | केशर मोक्तान: मंग्पूमा केहि दिनदेखि दैनिक विध्युत अनियमतताको कारण स्थानीय जनताले धेरै नै समस्या झेल्न परिरहेको गुनासो छ | हाल बिहान आठ  बजेदेखि बेलुकी पाँच बजेसम्म दैनिक विध्युत काट्ने प्रक्रियाले मंग्पूबासीले धेरैवटा समस्या झेल्न परिरहेको छ | विधुत विभागले कुनै पनि अधिकारिक सुचना बिना नै यस क्षेत्रमा दैनिक विधुत काट्ने गरेकोले स्थानीय जनताले आक्रोश व्यक्त गरेका छन् | सम्बन्धित विभागले कहिँ कतै विजुलीको काम गर्दैछन् भने पहिलेबाटै अधिकारिक सुचना दिएर मात्र काटिदिए असल हुने थियो अनि विधुत कति समय सम्मको निम्ति काटिनेछ त्यसको सम्पूर्ण जानकारी अगावै दिए असल हुने थियो भनी स्थानीय जनताको भनाइ छ | 

दैनिक आठ घण्टा बत्ति काटिदिएकोले विधुतसित सम्बन्धित व्यवसायीवर्गले धेरै नै दुख झेल्न परिरहेको छ| फलत: यहाँको जेरक्स सेन्टर, कम्प्युटर सेन्टर तथा सरकारी साथै गैरसरकारी कार्यलयहरुको काम काज पनि बत्ती नभएको १५ दिनदेखि ठप्प रहेको जानकारी छ | विधुत विभागको लापरवाहीलाई सहन गर्दा गर्दा सिमा नाघेपछि स्थानीय जनताले चाडै नै कालेबुंग विधुत कार्यलयमा सम्पर्क गर्दै उच्च अधिकारीसित बैठक गर्ने निधो गरेका छन् | विधुत काटिएको कारणले गर्दा स्थानीय ग्रामीण ब्यांकका कर्मचारीवर्गले पनि धेरै समस्या भोग्न परिरहेको गुनासो छ | मंग्पूबासीले विधुत विभागसित सम्बन्धित धेरै समस्याहरु अघि देखि नै झेल्न परिरहेकोले स्थानीय जनताले मंग्पूमा पनि एउटा विधुत सबस्टेशन हुनपर्ने बारम्बार माग गरिरहेका छन् | यति मात्र नभएर फिलहाल विधुत उपभोगतावर्गको बिजुलीको बील एकदमै ज्यादा आइरहेको गुनासो पनि रहेको छ भने यी सम्पूर्ण कुराहरुलाई मध्य नजर गर्दै सम्बन्धित विभागका अधिकारीवर्ग र विधुत विभागका ठेकदारले ध्यान दिन आवश्यक रहेको देखिन्छ |
Read latest post filed under mungpoo news

Post a Comment

We love to hear from you! What's on your mind?

[blogger][facebook]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.