विश्वकर्म समाजको आज 86 औँ स्थापना दिवस पालन

डी के वाइबा: कालेबुङ 12 फरवरी:  विश्वकर्म समाज कालेबुङको आज 86 औँ स्थापना दिवस पालन गरियो। यस अवसरमा सिक्किम राज्यका बिधायक मदन सेन्चुरी मुख्य अतिथिका रुपमा उपस्थित रहेका थिए। यस अवसरमा समाजमा लामो समय देखि बिभिन्न क्षेत्रहरुमा सेवा गर्दै आईरहेका बिश्वकर्म समाजका मानिसहरुलाई सम्मान जनाईयो। मुख्य अथिको बाहुलीबाट दिप प्रज्वलन गरे पछि शुरु भएको कार्यक्रममा समाजका अध्यक्ष सी.एस खातीले स्वागत भाषण राखे। कार्यक्रममा बिभिन्न क्षेत्रहरुबाट आएका विश्वकर्म समाजका मानिसहरुले लोक गित तथा लोक नृत्य आदी पनि प्रस्तुत गरे। यसै अवसरमा समाजको पक्षबाट बिभिन्न क्षेत्रमा सेवा गर्दै आईरहेका सी.के लोहार, शैलेन्द्र घतानी, भानुभक्त लामिछाने, निशान्त सिह, दिनांकर दर्नाल, अनि मंगलसिह घिमीरे आदिलाई मुख्य अतिथि तथा बिशिष्ट अतिथिहरुको बाहुलीबाट प्रशस्ति पत्र प्रदान गरि सम्मान जनाईयो। यसै अवसरमा मुख्य अतिथि मदन सेन्चुरीले समाज भवनको निम्ति 51 हजार रुपिया नगद राशी प्रदान गरे। तिनले समाजको 86 स्थापना दिवसको अवसरमा सबै समाजका कार्यकर्ताहरुलाई बधाई दिदै समाजको हितमा सबैले सकारत्मक कार्य गर्नुपर्ने सुझाव राखे। उक्त कार्यक्रममा बिशिष्ट अतिथिहरुका रुपमा सी.के रसाईली, हरि प्रसाद सिह, सरगमसिह रसाईली उपस्थित रहेका थिए।

Read latest post filed under regional news

Post a Comment

We love to hear from you! What's on your mind?

[blogger][facebook]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.