बेरोजगार समस्या समाधान गर्नु पर्नेहिमालयन स्वरोजगार-वेरोजगार फोरमको माग

डी के वाइबा: कालेबुङ, 14 फरवरी;  दार्जीलिङ जिल्लामा दिनो दिन बडीरहेको बेरोजगार समस्या सम्बन्धित निकायले समाधान गर्नु पर्ने हिमालयन स्वरोजगार-वेरोजगार फोरमले माग गरेको छ्। आज एक पत्रकार सम्मेलन राखेर यस बिषयमा बुद्धिजीवी र सम्बन्धित निकायका अधिकारीहरूलाई पहल गरिदिने मग गरे। फोरमका प्रचार प्रसार सचिव लोवङ तामङले हाल दार्जीलिंग पहाडमा रहेका बिभागहरुमा थुप्रै रिक्त पदहरु रहेको बताउँदै उक्त रिक्त पदहरुमा बेरोजगारहरुको नियुक्ति प्रक्रिया थाल्नु पर्ने माग गरे। तिनले दार्जीलिङ जिल्लामा शिक्षित वेरोजगारहरूको समस्या सबैभन्दा जटिल समस्या रहेको छ तर उनीहरूलाई लिएर कसैले पनि चिन्ता नगरेको बताए। अहिले जिल्लाका विभिन्न विभागहरूमा रहेको रिक्त पदहरुमा शिक्षित वेरोजगारहरूलाई रोजगार उपलब्ध गर्नुपर्ने पहलमा फोरमले पहल गरिरहेको बताएका छन। तामङले भने, यो पहललाई प्रभावकारी बनाउन हामीलाई बुद्दिजीवी अनि निकायका अधिकारीहरूको परामर्शको खॉंचो छ।तिनले रिक्त पद्मा विरोजगारहरूलाई नियुक्त गर्नुको निम्ति महकुमा अधिकारी अनि जिल्लापाललाई बारम्बार ज्ञापन दिइरहेको पनि बताएका छन्‌। तिनी अनुसार विभागहरूमा नियुक्त गर्ने प्रणालीलाई पारदर्शी राखिनुपर्छ। फोरमले जिल्लामा कति रिक्त पदहरु छन भनेर आरटीआई मगेको जानकारी दिदै रिक्त रहेका पदहरुमा यथाशिघ्र नियुक्ति प्रक्रिया थालेर समस्याको साधान गर्नु पर्ने माग गरे।
Read latest post filed under regional news

Post a Comment

We love to hear from you! What's on your mind?

[blogger][facebook]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.