कालिझोडालाई कालेबुङ महकुमा क्षेत्रमा गाभ्नु पर्ने क्रामाकपाको माग

डी के वाइबा: कालेबुङ 14 फरवरी;  क्रामाकपाले कालिझोडालाई खरसाङ महकुमा क्षेत्रमा होइन कालेबुङ महकुमा क्षेत्रमा गाभ्नु पर्ने माग गरेको छ।  क्रामाकपाको एक प्रतिनिधि मण्डलले आज यसै विषयमा खरसाङ खण्ड कार्यालयका पञ्चायत अथोरिटी अधिकारी एन शेर्पासित भेटघाट गर्दै ज्ञापन दिएको आनन्द घतानीले जानकारी दिएका छन। कालिझोडालाई खरसाङ महकुमाको सिटोङ-3 ग्रामपञ्चायतमा अन्तरभुक्त गर्ने कार्यको विरोध गर्दै क्रामाकपा टोलीले कालिझोडाको भौगोलिक अवस्थान र यातायातको असुविधालाई ध्यानमा राख्दै कालेबुङ महकुमा अन्तर्गत टिस्टा ग्राम पञ्चायतमा गाभ्नु पर्ने माग गरेको छ। हाल कालिझोडा खरसाङ महकुमा अन्तर्गत पर्ने भएको कारण क्षेत्रबासीले अनेकौ समस्याहरु भोग्न परिरहेको क्रामाकपाको दाबी रहेको छ। यसै कुरालाई ध्यानमा राख्दै यथाशिघ्र कालेबुंग महकुमा अन्तर्गत गाभेर सधारण मानिसहरुले भोग्न परिरहेको समस्या समाधान गरिदिने पार्टीले माग राखेको छ। दिलु लोहारले जनाए अनुसार टिस्टा ग्राम पञ्चायतमा कालिझोडालाई अन्तरभुक्त गरेर पञ्चायतको पुनर्सिमाङ्‌कन गरिनुपर्छ। यसै सम्बन्धमा कालिझोडा शाखाको बैठक पनि भयो। माइकल सुन्दासको अध्यक्षतामा भएको बैठकमा वर्तमान राजनैतिक परिस्थितिमाथि बहस भएको दिलु लोहारले जनाएका छन्‌।
Read latest post filed under political news

Post a Comment

We love to hear from you! What's on your mind?

[blogger][facebook]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.