दैनिक हाजिरा बढोत्तरी भए पनि सिन्कोना श्रमिकहरुले पुरानै दरमा वेतन पाए

मंग्पू. केशर मोक्तान: दार्जीलिंग तराई डुवर्स प्लान्टेशन लेबर युनियनले सिन्कोना बगान श्रमिकहरुको दैनिक हाजिरा १२७ रुपियाँ बाट १७१ रुपियाँ बढेको अगावै घोषणा गरेतापनि यस पल्ट फरवरी २०१२ मा भुक्तान गरिएको मासिक वेतन पुरानै दर १२७ को हिसाबले पाएका छन् | उक्त घोषणाले श्रमिकवर्गमा क्षणिक खुशी आएको भए तापनि आज पुरानै दरमा वेतन पाउँदा निराश भएका छन् | पहाडी क्षेत्रमा प्राय: जसो स्कूलहरु फरवरी महिना देखि लाग्ने हुनाले यस पल्टको वेतनमा रोज वृद्दि भएको भए नानीहरुको भर्ना शुल्क तिर्न र खाता किताब किन्नमा ठुलो सहायता हुनेछ   भन्ने श्रमिकहरुले आशा साँचेका थिए | अक्टोबर २०११ देखि रोजवृद्दि भए पनि बढोत्तरी भएको वेतन किन नपाएको भनी दार्जीलिंग तराई डुवर्स प्लान्टेशन लेबर युनियन सिन्कोना जोन केन्द्रिय समिति अध्यक्ष गोपाल रुचालसित बुज्न चाहदा उनले हालमा सरकारको वेजेस हेडमा पैसा नभएको कारण यस पल्टको वेतनमा बद्दोत्तरी भएको पैसा नपाएको भनि बताएका छन्  | तथापि दार्जीलिंग तराई डुवर्स प्लान्टेशन लेबर युनियनको प्रयाशमा श्रमिकवर्गको दैनिक हाजिरा १२७ रुपियाबाट १७१ रुपिया अक्टोबर २०११ देखि बढोत्तरी भएको बताउँदै आगमी महिना देखि उक्त बढेको वेतन निश्चय नै पाउने युनियन अध्यक्षले बताएका छन् | यस्तै गरी अक्टोबरदेखि जनवरी महिना सम्म बढेको दैनिक हाजिरा यसै महिना भित्रमा दुई पल्ट गरेर
Read latest post filed under mungpoo news

Post a Comment

We love to hear from you! What's on your mind?

[blogger][facebook]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.