प्रजाशक्ति संवाददात: सिब्सु ८ फरवरी: कालेबुङको टाउन हल पछि सिब्सुमा पनि गोजमुमो प्रमुख बिमल गुरुङले कालेबुङका स्थानीय समाचार च्यानलहरु अनि पत्रकारहरुलाई न्यायलयमा मुद्दा हालिदिने खुल्ला रुपले घोषणा गरेका छन्। “ मैले पत्रकारहरुलाई कहिल्यै नराम्रो भनिन तर, बिपक्षी दलका नेताहरुले घिनलाग्दो भनेका कुराहरु कमसेकम काटँ छाँट गर्नुपर्छ। मोले नदेखाउँनु भनेको होइन तर राम्रो भषामा बोल्न जान्नु पर्छ। मान्छेले हेर्न नसक्ने भषामा बोलेका कुराहरु देखाउँदा राम्रो हुँदैन” भन्दै बिपक्षी दलका नेताहरुले नराम्रो बोलेका कुराहरु देखाएको सन्दर्भमा जोड्ले आक्रोश ब्यक्त गरे। ज्ञात रहोस गुरुङले सोम्बार कालेबुङमा पनि स्थानीय च्यानलहरुलाई मुद्दा हाल्ने कुरा गरेका थिए। तिनले दार्जीलिङ र खर्साङमा मोर्चाको कार्यक्रम बाहेक अन्य कसैको पनि देखाउँन नपाउँने बताउँदै अब कालेबुङका सबै च्यानलहरु बन्द गरिदिने चेतावनी दिएका थिए। त्यसै कुरालाई आज सिब्सुमा पनि गुरुङले दोहोराएर मिडीयाकर्मीहरु माथि निकै जोडले बर्सिए।
कालेबुङमा माओवादी पसेको कुरा आधारहीन रहेको क्रामाकपाको दाबी
प्रजाशक्ति संवाददात: कालेबुङ ८ फरवरी: क्रामाकपा पार्टीको युवा एकाई गक्रायुमोले गोजमुमो प्रमुख बिमला गुरूङले कालेबुङमा माओवादी पसेको छ भन्ने कुरालाई आधारहीन वक्तव्य हो भनेका छन्। गक्रायुमो महासचिव अरुण घतानीले पार्टी कार्यलयमा आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै गुरुङले माओवादीको कुरा गरेर जनतामा आतङ्क सृजना फैलाउँन खोजेको आरोप लगाए। तिनले भने यहाँ माओवादी कासैले भित्राउँन सक्दैन तर मोर्चा नेताहारुले नै माओवादी ल्याएर यस्तो कुरा गरिरहेको हुन सक्ने आशङ्का व्यक्त गरे। घतानीले मोर्चालाई आरोप लगाउँदै मोर्चा नेताहारुले नै पहिला लालगडमा माओवादी नेताहारुसित बैठक गरेको कुरा सबैलाई थाह छ अनि माओवादी नेताहरुसित बैठक गर्ने मानिसहरुले नै यस्तो काम गर्न सक्छ भने। यसै क्रममा तिनले दार्जीलिङ पहाडमा माओवादी होइन तर खाओवादीहरु जन्मिएर आईला, भुईँचालोको पैसाहरु ब्यापक मात्रमा खाएको आरोप लगाए। तिनले पत्रकारहरुलाई सम्बोधन गर्दै क्रामाकपा अध्यक्ष आर्बी राईलाई जीटीएको पदमा राख्ने मोर्चाले लालच देखाउँने कार्य नगर्नु भनि सुझाव दिएका छन्। आर्बी राई गोर्खालयाण्डको आन्दोलन प्रति ईमान्दार नेता रहेको कारण तिनले सांसदको गरिमामय पद त्यागेर आएको अनि यस्ता ईमान्दार नेतालाई चानचुने पदको लोभ देखाउँने कार्य गलत राहेको बताउँदै जीटीएको पदमा क्रामाकपा अध्यक्षको कुरा टढाको रहेको बताउँदै कुनै कर्मीहरु समेत त्यस्ता पदमा नबस्ने स्पषट पारे। मोर्चा प्रमुख बिमल गुरुङले दिएका आधारहीन कुराको क्रामाकपाले बिरोध गर्ने बताउँदै मोर्चा नेताहरुले शहीदको सपनालाई कुठराघात गरेको आरोप लगाए। तिनले मोर्चा प्रमुख गुरुङले कालेबुङका पत्रकारहरु तथा स्थानीय समाचार च्यानल कर्मीहरुलाई न्यायलयमा मुद्दा हालिदिने कुराको बिरोध गर्दै यो असंवैधानिक र अगणतान्त्रिक कुरा रहेको अनि यसमा प्रशासनले हस्तक्षेप गर्नु पर्ने माग गरे। समचार च्यानल र पत्रकारहरुलाई मुद्दा हलिदिन्छु भन्ने कुरा गरेर गुरुङले बिगत ८६ सालको परिवेश सृजना गरेर आतङ्क पैलाउँन खोजेको पनि तिनले आरोप लगाए। पत्रकारहरु माथी गुरुङले गरेको नकारत्म टिप्पणी तिनले यथाशिघ्र फिर्ता लिनुपर्ने माग गर्दै यदि पत्रकारहारुलाई धम्काएर अगणतान्त्रीक कार्य गर्न खोजे क्रामाकपाले कहिल्यै सहन नगर्ने तिनले चेतावनी दिए। मोर्चाले दार्जीलिङ पहाडमा तानाशाहको शाषण गर्न खोजेको आरोप लगाउँदै यस्ता तानाशाहरुको अब अन्त शुरु भएको अरुण घतानीले दाबी गरेका छन। मोर्चाले बिकाशको निम्ति जीटीएमा सम्झौता गरेको दाबी गर्दै बिकाशको निम्ति गरेको सम्झौताको कुनै औचित्य नरहेको तिनले दाबी गरेका छन्।
अर्कोतर्फ आगमी १५ फरवरीको दिन क्रामाकपाको युवा संगठन गक्रायुमोले दार्जीलिङ पहाडको सम्पूर्ण ८ वटा खण्ड बिकाश कार्यलयहरुमा धर्ना दिने बताएका छन्। भारतीय गोर्खाहरुको राष्ट्रिय राजनैतिक सुरक्षा जीटीएले होईन केवल छुट्टै राज्य गोर्खाल्याण्डले मात्र बोक्न सक्छ यसैले गोर्खाल्याण्ड यथाशिघ्र गठन गर्नुपर्छ, पहाडका ८ वटा खण्डहरुलाई २५ वाट अनि ११२ वटा ग्राम पञ्चायतहरुलाई १६०वटा बनाउँनु पर्छ, मिरिकलाई महकुमा बनाएर पहाडमा त्रिस्तरीय पञ्चायत चुनाव हुनपर्छ लगायत अन्य यस्ता थुप्रै मागहरु लिएर खण्डबिकाश कार्यलयहरुमा धर्ना दिने भएको घतानीले थप स्पष्ट पारे। तिनले हाल दोगोपापलाई गोजमुमोले अदृष्यरुपमा सञ्चालन गरिरहेको बताउँदै यहाँ भईरहेको भ्रष्टचारको सरकाले चाडो जाँच गर्नुपर्ने माग गरे। हाल ग्रम पञ्चायत बिभागमा राजनैतिक हस्तक्षेप रहेको कारण आशा परियोजना अनुरुप स्वास्थ्य साहयकहरुको नियुक्ति बन्दरहेको बताउँदै यसको पनि सही जाँच हुनपर्ने तिनले माग गरे। तिनले हाल सिलगडीलाई सरकारले जिल्ला बनाउवने षडयन्त्र गरिरहेको आरोप लगाउँदै दार्जीलिङ पहाडको भौगोलिक अवस्थान बेग्लै रहेको भएता पनि यसमा सरकार मौन बस्नु उचित रहेको तिनले बताए।
Post a Comment
We love to hear from you! What's on your mind?