डी के वाइबा : कालेबुंग 10 फरवरी: गोजमुमो पार्टीले आगमी 12 फरवरी देखि प्रत्येक आईतबार छुट्टै राज्य गोर्खाल्याण्डको निम्ति धर्ना, जुलुस गर्ने घोषणा गरेता पनि आगमी 24 फरवरी देखि 1 मार्च सम्मा मिरिकमा ह्प्तादिन ब्यापी धर्ना, जुलुस र जनसभाहरु गर्ने घोषणा गरेको छ। गोजमुमो केन्द्रिय समितिका सह सचिव बिनय तामंगले आज यहाँको पार्टी कार्यलयमा पत्रकारहरुलाई सम्बोधन गर्दै कार्यक्रमको घोषणा गरे। तिनले कार्यक्रमको घोषणा गर्दै आगमी 24 जनवरीको दिन मिरिक सौरेनि, पानीघट्टाबाट नारी मोर्चा कार्यकर्ताहरुले गोर्खाल्याण्डको निम्ति जुलुस लगाउँने अनि यसरीनै क्रमबद्ध 25 फरवरी जेएसटी, जीपीटीओ, जकस, जअकसले नारबाजी गर्ने भएको छ। यस्तै प्रकारले 26 फरवरी मोर्चाको मजदुरा संगठहरु, 27 फरवरी युवा मोर्चा कार्यकर्ताहरु, 28 फरवरी मोर्चाको प्यारेन्ट बडी, 29 फरवरी मोर्चाको केन्द्रिय समितिका सम्पूर्ण सदस्यवर्गहरु अनि 1 मार्चको दिनको सम्पूर्ण युवा मोर्चा कार्यकर्ताहरुले गोर्खाल्याण्डको माग गर्दै नाराबाजी गर्ने भएको बिनय तामंगले पत्रकारहरुलाई बताए। तिनले एउटा प्रश्नको जवाब दिदै यो मोर्चाको कुनै पनि राजनैतिक पार्टीहरुलाई कार्यक्रम दिन नगर्ने योजना नरहेको स्पष्ट पारे। तिनले मिरिकमा हुने हप्ता ब्यापी उक्त धर्ना तथा जुलुस कार्यक्रममा मोर्चाले छुट्टै राज्य गोर्खाल्याण्डको आन्दोलन अघि बडाउँन आवज चर्काउँने बताए। यसै सन्दर्भमा तिनले यो गोर्खाल्याण्ड आन्दोलनलाई अघि बडाउँन वार्म अप कार्यक्रम मात्र रहेको बताए। यसरी नै तिनलाई अगमी 26 फरवरी को दिन मिरिकमा गोरामुमो पार्टीले जनसभा गर्ने घोषणा गरेको सन्दर्भमा प्रश्न गर्दा पहाडमा गोरामुमोको कुनै अस्तित्व नरहेको दाबी गरे। मिरिकबाट गोरामुमोले पुन आन्दोलन शुरु गर्ने कुरा केवल समाचार पत्रहरुमा खबार छापेर जनतामा भ्रान्ति फैलाउँने कार्य गरिरहेको आरोप थप तिनले लगाएका छन।
Post a Comment
We love to hear from you! What's on your mind?