Mungpoo Winter Football Coaching Camp Closing Ceremony

डी के वाइबा : कालेबुंग 10 फरवरी: मंगपुर बिभागीय महीनाब्यापी शित्कालीन फुटबाल प्रशिक्षण शिवीरको आज समापन भयो। मंगपु फुटबल एकाडमीको आयोजना अनि कालेबुंग फुटबल एकाडमीको सहयोगितामा सम्पन्न भईरहेको उक्त महिना ब्यापी शित्कालीन शिविरको आज समापन अवसरमा मुख्य अतिथिका रुपमा बिगतका अन्तराष्ट्रिय फूटबलर डोगेल लेप्चा उपस्थित रहेका थिए। यसरी नै बिशिष्ट अतिथिका रुपमा सिन्कोना एंव अन्य औषधीय पौधाहरुका निर्देशक डा जी सी सुब्बा, सोनाम वांग्दी भोटिया, ढेण्डुप भोटिया आदि उपस्थित रहेका थिए। यस अवसरमा मंगपु फुटबल एकाडमी अनि कालेबुंग फुटबल एकाडमी, कालेबुंग फुटबल एकाडमी अनि ब्लुमफिल्ड फुटबल एकाडमीका खेलाडीहरुमाझ प्रदर्शनी खेल सम्पन्न भयो। उक्त महिना दिन ब्यापी फुटबल प्रशिक्षण शिविरमा मोठ 45 जना स साना खेलाडीहरुले प्रशिक्षण लिईरहेका थिए। बिशेष शित्कालीन बिदाको समयमा स्कुले नानीहरु कुनै नकारात्मक कार्यहरुमा संलग्न नबनेर आफुमा भएको प्रतिभालाई निखारन सकोस भनेर यसरी प्रशिक्षण शिविर रख्ने गरेको मंगपुर फुटबल एकाडमीका सल्लाहकार निमा लेप्चाले बताए। अहिलेको समयमा समाजमा ड्रग्सखोरहरुको जमात दिनो दिन बडीरहेकोले स्कुल बिदा रहेको समयमा नानिहरु त्यस्ता कुलतहरुमा नलागोस भन्ने चाह आफुहरुको रहेको तिनले थप बताए। यसैक्रममा कार्यक्रमका मुख्य अतिथि डोगेल लेप्चाले पहाडमा राम्रा राम्रा खेलाडीहरुको जन्म भईरहेको भएता पनि उचित मौकाको अभावमा ति खेलाडीहरुका प्रतिभाहरु मौलाउँन नसकेको बताए। यसरी प्रशिकक्षण दिने कार्यले खेल प्रतिको मोह साथै आवश्यकिय कलाहरु सिक्ने मौका ति प्रशिक्षणार्थीहरुले पाउँने बताउँदै यस्ता कार्यले पहाडका खेलाडीहरुलारी राष्ट्रिय स्तरका खेलाडीहरु जन्माउँनमा सहयोग पुग्ने तिनले थप बताए।
Read latest post filed under mungpoo news

Post a Comment

We love to hear from you! What's on your mind?

[blogger][facebook]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.