मंग्पूमा होली पर्व पालन

मंग्पू | केशर मोक्तान: रंगको पावन पर्व होली मंग्पू मारवाडी संघ तथा बिहारी समाजद्वारा भव्यताको साथ पालन गरियो | रेशेप बजार मारवाडी संघका प्रमुख भगवती प्रसाद लोहारीवाल तथा संजय चौधरीको बाहुलीबाट रात १ बजे होलीको दहन कार्यक्रम सम्पन्न भयो | होलीको अवसरमा मारवाडी संघका युवाहरु प्रवीन अग्रवाल, प्रमोद शर्मा, विनोद रंकावत, पंकज अग्रवाल तथा अन्य युवाहरुले डफ बजाएर एक अर्कामा रंग विरंगी रंगहरु दल्दै हर्षोल्लासको साथ होली पर्व पालन गरे |  उक्त होली पर्वमा एक र्याली पनि आयोजना गरियो भने रंगहरुको खुशी बाड्दै लोक गीतको धुन संगै रेशेप् बजार देखि नालीडाँडा फाटक सम्म युवाहरुले डफ बजाएर नाँच गान गरे | 
Read latest post filed under mungpoo news

Post a Comment

We love to hear from you! What's on your mind?

[blogger][facebook]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.