भारत शिक्षा रत्न पुरस्कारले सम्मानित मणि कुमार छेत्रीलाई सम्वर्धना

भारत शिक्षा रत्न पुरस्कार (Bharat Shiksha Ratna Award 2012) ले सम्मानित गुड स्टार्ट एकाडेमीका प्रधान अध्यापक मणि कुमार छेत्रीलाई विधालय पक्षले सम्मान सहित सम्वर्धना जनायो | विधालय कै प्रांगणमा उक्त समारोह सम्पन्न भयो | कार्यक्रममा सर्वप्रथम विधालयले खदा माला सुम्पिए भने साना - साना विधार्थीदेखि सम्पूर्ण विधार्थी र शिक्षक - शिक्षिकाहरुले पनि सम्मान स्वरुप खदा माला अर्पण गरे | यस्तै प्रकारले विधालय पक्षले स्मारिका पनि भेट स्वरुप प्रदान गरे भने सम्बोधनको क्रममा मणि कुमार छेत्रीले प्राप्त उपलब्दी सम्पूर्ण विधालय र मंग्पूबासीको निम्ति ठुलो उपलब्दी हो भने | विधालयले प्राप्त गरेको सम्मान मंग्पूको पनि सम्मान हो भनि बताए भने उक्त सम्मानले अझै थप जिम्मेवारी बढेको बताउँदै आउँदो दिनहरुमा पनि थुप्रै बिकासमुलक कार्यहरु गर्दै जाने प्रण समेत छेत्रीले गरे | मुख्य अतिथि डा० जी० सी० सुब्बाले यो सम्मानले मंग्पूलाई नै गौरवान्तित बनाएको बताउँदै आउँदो दिनहरुमा विधालयलाई आफ्नो तर्फबाट सकेसम्म सहयोग गर्ने बताएका छन् | कार्यक्रमलाई शिक्षक अमित छेत्रीले संचालन गरेका थिए | 
Read latest post filed under mungpoo news

Post a Comment

We love to hear from you! What's on your mind?

[blogger][facebook]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.