दागोपाप क्षेत्रमा नै जीटीए गठन गर्नु जनतालाई धोका दिनु हो: गोर्खाल्याण्ड टास्क फोर्स

डी के वाइबा: कालेबुङ 10 मार्च: यदि जीटीए दागोपाप क्षेत्रमा नै गठन हुने हो भने यसको अर्थ छैन भन्दै गोर्खाल्याण्ड टास्क फोर्सले दागोपाप क्षेत्रमा नै जीटीए गठन गर्नु जनतालाई धोका दिनु हो भनि दाबी गरेको खबर प्रकाशमा आए पछि मोर्चाले प्रतिक्रिया ब्यक्त गरेको छ टास्क फोर्सले यदी जीटीए दागोपापको सिमित क्षेत्रमा मात्र हो भने जीटीए  खारेज गरेर मोर्चा टास्क फोर्समा नै सम्मिलित हुनुपर्छ भनि टास्क फोर्सले सुझाव दिएको थियो यतिमात्र होइन छुट्टै राज्य गोर्खाल्याण्डको आन्दोलन संयुक्तरुपले राष्ट्रियस्तरमा अघि बडाउँनुपर्छ भनि टास्क फोर्सका आर मोक्तानले सुझाव दिएको कुरा प्रकाशमा आए पछि आज गोजमुमो प्रवक्ता डा हर्क बहादुर छेत्रीले उक्तकुराको प्रतिक्रिया ब्यक्त गरे। मोर्चा प्रवक्ता डा. हर्कबहादुर छेत्रीसित यसबारे जान्न चाहँदा टास्क फोर्सले जीटीएलाई कतिको अध्ययन गरेको छ त्यो थाहा छैन तर मोर्चाको प्रभाव तराई र डुवर्समा पनि छ भनेर थाहा हुनुपर्छ भनि उल्टा सुझाव दिएका छन। डा छेत्रीले गोजमुमोले तराई र डुवर्सका गोर्खा बाहुल क्षेत्रमा आफ्नो प्रभुत्व जमाइसकेको दाबी गर्दै यी कुराहरुलाई टास्क फोर्सले बुझ्न आवश्यक रहेको बताए। यसै क्रममा तिनले तराई डुवर्समा बिगत दिनहरुमा माकपाले मिल्नै नदिने आदिवासीहरूसित मोर्चाले मिल्ने परिस्थिति बनाइसकेको दाबी गर्दै उनीहरू जीटीएमा आउन तयार छन्‌ भनि बताए गोजमुमोले तराई र डुवर्समा कतिवटा सीटमा प्रभाव पार्छ भन्ने कुरा देखाइसकेको छ भन्दै मोर्चाको समर्थन भएका ईलाकाहरु जीटीएमा निश्चित रुपले अन्तरभुक्त हुने थप डा छेत्रीले बताए आजसम्म तराई डुवर्स क्षेत्रमा कुनै पनि राजनैतिक पार्टीले आफ्नो संगठन बिस्तार गर्न नसकेको बताउँदै मोर्चाले तराई र डुवर्समा किल्ला गाडिसकेको डा छेत्रीले बताउँदै आदिवासीलाई  समेत मोर्चाको सहमतीमा ल्याएर सरकारलाई सही कुरा जाँच्नको निम्ति हाई पावर कमिटि समेत गठन गर्न मोर्चाले बाध्य बनाएको तिनले बताए। हाई पावर कमिटि सरकारले गठन गर्नु भनेको नै तराई डुवर्समा मोर्चा छ भन्ने कुरा सरकारले मान्नु रहेको थप डा छेत्रीले जनाए। गोजमुमो पार्टीले आजसम्म कुनै पनि राजनैतिक पार्टीले गर्न नसकेको काम गर्दा समेत टास्क फोर्सले यदि मोर्चालाई बिभिन्न प्रकारको आरोप लगाउँछ भने टास्क फोर्सले आफ्नो कार्यक्रम देखाओस भनि तिनले सुझाव दिदै यदि उनीहरुको कार्यक्रममा गोजमुमो कन्भिन्स भयो भने हामी टास्क फोर्समा नै लाग्छौं भनि डा छेत्रीले भने। तिनले टास्क फोर्सको कार्यक्रम प्रति ब्यंग गर्दै गोजमुमोले दिल्लीलाई बुझाउँदा नभएको कुरा मनिपुरलाई बुझाउँदा हुन्छ भन्नु चॉंही पत्याउने कुरा होइन भनि जनाए। गोर्खाल्याण्ड टास्क फोर्सले वास्तमा कुनै ठूलो काम नगरेर जनताको अघि आफ्नो अस्तित्व छ भन्ने प्रमाण देखाउँने काम मात्र गरिरहेको तिनले बताउँदै यदि मोर्चाको आलोचना नै गर्छ भने  टास्क फोर्सले हाम्रो भूल देखाओस्‌ भनि तिनले कुनौतिनै दिए।गोर्खाल्याण्द राज्य कसो गर्दा हुन्छ भन्ने कुरा यदि टास्क फोर्सलाई थाह छ भने किन गोजमुमो जन्मनु अघि राज्य ल्याउँन सकेन भनि तिनले प्रश्न गर्दै केवल मोर्चा टास्क फोर्समा आइज भनेर हुँदैन भनेतिनले टास्क फोर्सलाई कटाक्ष गर्दै मोर्चालाई गोर्खाल्याण्डा आन्दोलनको निम्ति टास्क फोर्समा आउँ भन्नेहरुले आफ्नो ब्लू प्रिन्ट देखाऊ भन्दै यदि मोर्चालाई उक्तकुरा पत्यार लागे टास्क फोर्सकै पछि हामी लाग्छौँ भने ।
Read latest post filed under political news

Post a Comment

We love to hear from you! What's on your mind?

[blogger][facebook]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.