डी के वाइबा:कालेबुङ, 11 मार्च। गोजमुमोले तराई डुवर्स बिना जीटीए पटक्क नमान्ने भएको छ। तराई दुवर्सको अंतर्भुक्ति बिना जीटीए स्वीकार नगर्ने कुरा सरकारलाई बुझाउँन आज 27 नम्बर समष्टीको मोर्चा शाखा कालेबुङ आएर शहरमा जुलुस निकाली नराबाजी लगाए। कालेबुङ महकुमा क्षेत्रको 27 नम्बर समष्टीका मोर्चा समर्थकहरू गाडी लिएर कालेबुङ नगर आइपुगेका पछि तिनीहरुले तराई डुवर्स जीटीएमा अन्तरभुक्ति हुनैपर्छ भन्ने नारा लगाउँदै नगर परिक्रमा गरे। जुलुसले नगर परिक्रमा गरिसके पछि स्थानीय डम्बर चौकमा आईपुगेर पथ सभामा परिणत भयो। र्याली पछि समपन्न पथसभालाई सम्बोधन गर्दै गोरुबथान जोन-2 का नारी मोर्चा प्रतिनिधि कमला तामङले विमल गुरूङ गोर्खाल्याण्डको निम्ति कटिबद्ध रहेको दाबी गर्दै जीटीए पनि तिनले नै चलाउनुपर्छ भनि जनाए। यसै अवधी तिनले मोर्चाले कुनै पनि हालतमा तराई डुवर्स नभएको जीटीए स्वीकार गर्ने छैन भन्ने कुरा पनि सरकारले बुझेर जीटीएको सिमांक़न यथाशिघ्र गर्नु पर्ने माग गरिन। यसरी नै युवा मोर्चा महकुमा समितिका सदस्य विनोद गौतमले भने, तराई र डुवर्स बिना जीटीएको चुनाउ मान्ने छैनौं भन्दै यसो गर्दा कुनै अप्ठारो परे सरकाले सम्हाल्नु असुबिधा हुने तिनले बताए।
Post a Comment
We love to hear from you! What's on your mind?