डी के वाइबा: कालेबुङ 11 मार्च:
केन्द्रमा बजेट सत्र सुरु भयो अनि दार्जीलिंगमा गोर्खाल्याण्ड राज्य माग्नेहरुलाई घात भयो। बजेट सत्रको प्रथम दिन नै राष्ट्रपति प्रतिभा पाटिलले संसद भवनमा आफ्नो सम्बोधनमा केन्दर्ले गोर्खाल्याण्ड मुद्दाको समाधान गरिसकेको छ भनिन। राष्ट्रपतिको उक्त बयान अघि आउँन साथै हिल कंग्रेसका सचिव दिलीप प्रधानले आफ्नो प्रतिक्रिया ब्यक्त गरे। देशका राष्ट्रपतिले सम्बोधनमा गोर्खाल्याण्डको समस्या समाधान भयो भन्नुको अर्थनै जीटीएलाई गोर्खाल्याण्डको समाधानको रुपमा लिनु हो भन्दै जीटीए गोर्खाल्याण्डको बाटोमा बाधा हो भन्ने कुरा पक्का रुपले प्रमाणीत हुनु हो भनि दिलीप प्रधनले दाबी गरे। जीटीए गोर्खाल्य़ाण्ड राज्य प्राप्तीको निम्ति पहिलो खुडकिलो हो भन्ने कुरा राष्ट्रपतिको बयानले स्पष्ट बनेपछि अब गोर्खाल्याण्ड राज्य माग्ने राजनैतिक दलहरुले गम्भिर भएर सोच्नुपर्ने तिनले बताए। तिनले गोर्खाल्य़ाण्ड राज्य गठनको निम्ति जीटीए नितान्त हानिकारक रहेको कुरा राष्ट्रपतिको बयानले बुझेपछि जनता सचेत बनेन भने गोर्खाहरुको अस्तित्व समेत संकटमा पर्न सक्ने तिनले बताए। आफुहरुले पहिल्यै देखि जीटीए गोर्खाल्याण्ड राज्य गठनको बाटोमा बाधा हो भनेर भन्दा गोजमुमोले बाधा होइन भने तर आज भारतका राष्ट्रपतिले गोर्खाल्याण्डको समस्या समाधान भयो भन्नुको अर्थ के हो बाधा होईन र? प्रधानले प्रश्न गरे। तिनले गोर्खा जनमुक्ति मोर्चाले भारतभरिका गोर्खाहरूको आकांक्षा रहेको छुट्टै राज्य गोर्खाल्याण्डको मुद्दासित गम्भीररुपले खेलवाड गरेको आरोप लगाउँदै यदि जीटीए गोर्खाल्याण्ड राज्य प्राप्तिको बाटोमा पहिलो खुडकिलो हुँदो हो भने आज राष्ट्रपतिले गोर्खाल्य़ाण्डको समस्या समाधान भयो भनेर भन्ने थिएनन भने जनाए। तिनले जीटीए छुट्टै राज्यको मार्गमा बाधा रहेको कुरा मोचाले किन स्वीकार गरेको छैन भन्ने कुरा निक्कै गम्भीर रहेको प्रधानले बताउँदै जीटीए गोर्खाल्याण्डको मार्गमा बाधा रहेको कुरा मोर्चाकै सांसद जसवन्त सिंहले गरिसकेका छन् भने। तिनले सबैलाई स्मरण गराउँदै भागोपलाई सांसद जसवन्त सिंहले दिएको टिप्पणीतिर फर्किएर हेर्नुपर्ने सुझाव दिएका छन।
स्मरण रहोस केही दिन अघि गोर्खाल्याण्ड टास्क फोर्स अनि भारतीय गोर्खा परिसङ्घका प्रतिनिधिहरूले छुट्टै राज्य गोर्खाल्याण्डको मुद्दा अघि सारेर दार्जीलिंगबाट सांसद बनेका जसवन्त सिंहले किन गोर्खाल्याण्दको कुरा उठाइरहेका छैनन् भन्ने प्रश्न सासंद सिंहसित राखेको थियो। उक्त समयमा सांसद जसवन्त सिंहले आफूले सकेको जति छुट्टै राज्यको कुरा उठाएको बताएका थिए। सोहि भेटघाटको समयमा भागोपका प्रतिनिधिहरूले किन जीटीएको कुरा भइरहेको छ भन्ने प्रश्न पनि उठाएका थिए। उक्त समयमा सांसद जसवन्त सिंहले सम्पूर्ण गोखार्र्हरूको समस्याको समाधान गर्नु हो भने जीटीएको मुद्दालाई खारेज गर्नुपर्ने अनि यसलाई खारेज गरेर छुट्टै राज्यको मुद्दा उठान गर्नुपर्ने बताएपछि नै मोर्चाले दाबी गरिरहेको जीटीए गोर्खाल्याण्ड राज्य प्राप्तिको बाटोमा बाधा हो भन्ने कुरा अघि आएको थियो। त्यसपछि गोर्खाल्याण्डको मुद्दा अघि लगाएर अघि बडेको टास्क फोर्सले बिभिन्न राजनैतिक दलहरुसित गोर्खाल्याण्डको कुरा उठाएर राष्ट्रिय स्तरमा समर्थन बटुल्ने काम गर्न थाल्दा सबैले नै जीटीएबाट नै यसको समाधान भइसकेको कुरा गरेको बताउँदै टास्क फोर्सले राष्ट्रियरुपमा नै जीटीएको विरोध गर्दै आइरहेको थियो। आज राष्ट्रपतिले फेरि त्यही कुरा दोहोर्याएपछि मोर्चाले छुट्टै राज्यको मुद्दासित जीटीए साटिसकेको पक्का भएको हिल कंग्रेसका सचिव दिलिप प्रधानले दाबी गरेका छन्।
Post a Comment
We love to hear from you! What's on your mind?