३ वर्षीय आवर्तन शर्मा (मुटुको रोगी) लाई सहयोग गर्ने अपील

मंग्पू | केशर मोक्तान: सिटोंग २ तोरयोक बस्ती निवासी तीन वर्षीय आवर्तन शर्मालाई मुटुको रोगले यति कलिलो उमेरमा नै सताएपछि उनलाई बचाउन " आवर्तन शर्मा कल्याण समिति " ले सबैलाई सहयोग गरिदिने अपील गरेका छन् | गत वर्ष २०११ मा उनको पिता स्व० रुद्र प्रसाद शर्माको असामयिक निधन पछि फेरि दैवले अवोध बालक माथि मुटुको रोग थोपिदिएर परिवार माथि अर्को बज्रपात आइपरेको छ | तीन वर्षीय बालक आवर्तन शर्मालाई डाक्टरले मुटुमा प्वाल परेको बताएपछि ग्रामीण हितैषीहरुको सहयोगमा उनलाई बंगलोर पुराई जाँच गराइयो | अहिले उनको मुटुको उपचारको निम्ति ३ लाख जति खर्चा पर्ने भएकोले सबैले आर्थिक सहयोग गरिदिने अपील छ | अघिबाट नै आर्थिक रुपमा कमजोर औ असहाय उनको परिवारले यत्रो खर्च जुटाउने सामर्थ्य छैन तर जसरी भएपनि आवर्तनलाई बचाउन पर्छ भनी आवर्तन शर्मा कल्याण समिति अघि आएको छ | सबै मिलि मानवताको आधारमा अवोध बालकलाई केही आर्थिक सहयोग गरि बचाउँ | उनलाई सहयोग गर्नको निम्ति महानुभावहरुले मामरिंग तोरयोक सहकारी समितिको मिनी ब्यांकको बचत खाता संख्या ५१५ मा सहयोग राशी पठाउन सक्ने जानकारी आवर्तन शर्मा कल्याण समितिका सचिवले बताएका छन् भने उनलाई स्टेट ब्यांक अफ इन्डियाको खाता संख्या २००५९३९८५०४  मा पनि सहयोग राशी पठाउन सक्नुहुनेछ | उनलाई सहयोग गर्नको निम्ति निम्नलिखित मोबाइल नम्बरमा पनि सम्पर्क गर्न सक्नुहुनेछ : १) ९५९३७५३९७० वा २) ९६३५३१६५३८ | 
आगमी अप्रेल महिना भित्र उनलाई बंगलोर उपचार गराउन लान पर्ने भएकोले सबैले चाडै सहयोग गरिदिने अपील संस्थाले गरेको छ |
Read latest post filed under mungpoo news

Post a Comment

We love to hear from you! What's on your mind?

[blogger][facebook]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.