डी के वाइबा: कालेबुङ 13 मार्च: ‘दार्जीलिंग पहाडमा पश्चिम बंगाल सरकारले उच्च शिक्षाको बिकाश गर्ने योजना बनाएको छ। मुख्यमंत्री ममता ब्यानर्जी समेतले दार्जीलिग पहाडको शिक्षा ब्यवस्था बिकास गर्ने घोषणा गरिसकेकी छिन। अहिले हामी यसबारे काम गरिरहेका छौँ। यहाँको शिक्षा व्यावस्थालाई बडवा दिन बिभिन्न स्थानहरुमा कलेजहरु निर्माण गर्ने सरकारले योजना तयार परीको छ” – उक्त कुरा पश्चिम बंगाल सरकारका शिक्षा मंत्री ब्रात्य बसुले आज कालेबुङ कलेजमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै भनेका हुन। तिनी आज कालेबुङ कलेजको पुस्तकालय भवनको आधारशीला राख्न आएका थिए। स्वर्ण जयन्ति उत्सवको अवसरमा आयोजित कार्यक्रममा शिक्षा मंत्री ब्रात्य बसुले पुस्तकालय भवनको आधारशीला राखे भने यसै अवसरमा कालेबुङका बिधायका डा हर्क बहादुर छेत्रीको बहुलिबाट स्वर्ण जयन्ति भवनको रिबन काटेर बिधिवत उदघाटन गरियो। मोठ 82 लाख़ रुपीयाँको लागत खर्चमा निर्माण हुनलागेको उक्त पुस्तकालय भवनको मंत्री बसुले आधारशीला राखेपछि कार्यक्रमलाई सम्बोधन गर्दै राज्य सरकार पहाडको शिक्षा व्यवस्था सुधार गर्न कटिबद्ध रहेको बताए। यसै अवधी तिनले राज्यकी मुख्यमंत्री ममता ब्यानर्जीले दार्जीलिग जिल्लाको पेदोङ, गोरुबथान अनि सुकिया पोखोरिमा डिग्री कलेजको निर्माण गर्ने घोषणा गरिसकेको जानकारी दिदै यसबारे काम गर्न बिभागलाई निर्देश समेत दिईसकेको जानकारी दिए। यस अवधी तिनले बिगतका सरकारले दार्जीलिंग पहाडमा शिक्षाको कुनै बिकाश कार्य नगरेको बताउँदै अबको सरकारले पहाडलाई बिकाशकार्यबाट बंचित नराख्ने प्रतिबद्धता जाहेर गरे। तिनले यसै अवसरमा कालेबुङ कलेजमा भईरहेको असुबिधाहरुबारे पनि जानकारी लिदै सम्पूर्ण समस्याहरु समाधान गर्न पहल गरिदिने आश्वासन दिए। कालेबुङ कलेजमा अहिले गणीत बिषयमा शिक्षकको अभावरहेको जानकारी पाएअ पछि तिनले यस बारेमा बिभागिय पक्षबाट यथाशिघ्र पहल गरेर समस्या समाधान गरिदिने प्रतिश्रुति पनि दिए। यसै सिल सिलामा तिनलाई कलेज पक्षबाट कलेजमा फिजिस्क, क्यामेस्ट्री अनि सोसियोलोजि बिषयमा सम्मान लागु गर्नु पर्ने माग गरेको सन्दर्भमा पनि यथाशिघ्र पहल गरिदिने आश्वाशन दिए। तिनले कार्यक्रमलाई सम्बोधन गर्दै राज्य सरकारले दार्जीलिंग जिल्लाको फाँसिदेवा क्षेत्रमा रविन्द्र भानु क्याम्पस निर्माण गर्ने योजनामा काम भईरहेको जानकारी दिदै अन्य स्थानहरुमा पनि कलेजहरुको स्थापना बिषयमा सरकारले काम गरिरहेको जानकारी दिए। यी कुराहरुले दार्जीलिंग पहाडको शैक्षिक व्यवस्थामा निश्चिय सुधार हुने कुरामा राज्य सरकार आशावादी रहेको पनि तिनले जानकरी दिए।
अर्कोतिर कार्यक्रममा बिशिष्ट अथितिका रुपमा उपस्थित रहेका कालेबुङका बिधायक डा हर्क बहादुर छेत्रीले बिगतमा बाम्फ्रण्ट सरकाले दार्जीलिंग पहाडको शैक्षिक व्यवस्था डामडोल बनाएको आरोप लगाउँदै अहिलेको सरकारले भने पहाडलाई हरेक क्षेत्रमा सुधार गर्न तत्पर रहेको बताए। राज्य सरकारले अहिले घरी पहाडको शैक्षिक व्यवस्था मात्र नभएर अन्य क्षेत्रहरुमा पनि बिकाश गर्ने काम गरिरहेको बताउँदै बिगतका माकपा सरकारले राज्य सरकारलाई ऋण लगाएको कारण राज्यको ट्रेज्युरी रित्तो रहेको तिनले बताए। यसै सन्दर्भमा तिनले पनि कालेबुङ कलेजको समस्याहरु समाधान गर्न आफ्नो पक्षबाट पहल गरिदिने आश्वाशन दिए। तिनले कलेज भवनहरुको बडोत्तरी गर्नको निम्ति अहिले घरी भूमिको समस्या भईरहेको बिषयमा पनि यथाशिघ्र पहल गरिदिने आश्वासन दिए। यता कार्यक्रमलाई सम्बोधन गर्दै कालेबुङ कलेजका प्राचार्य डा आर पी ढाकालले कलेजमा फिजिस्क, क्यामेस्ट्री अनि सोसियोलोजि बिषयहरुमा सम्मान शुरु गर्नुपर्ने माग गरे। यसै क्रममा तिनले हाल कलेजमा गणीत बिषयको शिक्षक नभएको कारण बिद्यार्थीहरुले अनेकौ समस्या भोग्न परिरहेको अवगत गराउँदै यसबारेमा सिक्षा मंत्रीले यथाशिघ्र पहल गरिदिने माग गरे। कलेज संचालन समितिका अध्यक्ष कुमार छेत्रीको अध्यक्षतामा सम्पन्न कार्यक्रम महकुमा अधिकारी एल एन शेर्पा, क्लुनि महिला महाबिद्यालयका प्राचार्या डा आर बी भुजेल आदिको पनि कार्यक्रममा बिशेष उपस्थिति रहेको थियो।
Post a Comment
We love to hear from you! What's on your mind?