डी के वाइबा; कालेबुङ, १३ मार्च| बिभिन्न सामाजीक मुद्दाहरुको उठान गर्दै आईरहेका स्थानिय माकपा नेता तारा सुन्दास(Tara Sundas)ले यसपल्ट सरकारबाट प्रदान गरिने बिभिन्न भत्ताहारको कुरा उठान गरेका छन्। तिनले आज सरकारले मानिसहरुको बाँच्ने अधिकार खोसिरहेको आरोप लगाउँदै लगभग ७०-८० वर्ष नाघेका गाउँका वृद्धहरूलाई साथमा लिएर सुन्दासले महकुमा अधिकारीसित भेट गरे। तिनले महकुमा अधिकारी एल एन शेर्पासित भेट गरेर सरकारद्वारा प्रदान गरिने वृद्ध भत्ता, विधवा भत्ता, विकलाङ्ग भत्ताहरू गाउँका असहाय आर्थिक विपन्न परिवारहरूले आजसम्म नपाएको बताउँदै बिभागले यसबारे छानबिन गरेर यथाशिघ्र प्रदान गर्नु पर्ने माग गरे। तिनले नगरपालिका सोसियल वेलफेयर डिपार्टमेन्ट अन्तर्गत वृद्ध भत्ता लिनेहरू ८१ जना, विधवा भत्ता लिनेहरू ७६ जना अनि विकलाङ्ग भत्ता लिने ४७ जना रहेको जानकारी दिए। यसै क्रममा तिनले सरकारले वर्षै भरि प्रदान गर्ने यस्ता भत्तहरु अहिले धेरै समय देखि प्रदान नगरिरहेको आरोप लगाए। तिनले हाल नगरपालिका सोसियल वेलफेयर डिपार्टमेन्टबाट प्रदान गरिने वृद्ध भत्ता ६ महीनादेखि बन्द रहेको अनि विधवा भत्ता एवं विकलाङ्ग भत्ता झनै त्यसभन्दा अघिदेखि बन्द रहेको बताउँदै यथाशिघ्र बिभागले प्रदान गर्नुपर्ने माग गरे।
Post a Comment
We love to hear from you! What's on your mind?