डी के वाइबा: कालेबुङ, १३ मार्च|एकातिर तराई डुवर्सको अन्तर्भुक्ति बिना जीटीएको चुनाव गराउँन नदिने अडानमा गोजमुमो छ भने अर्कोतिर राज्यसरकार चाँडो चुनाव गराउँने पक्षमा रहेको कारण अहिले दुवै पक्षलाई निकै चुनौति खडा भएको छ। यस्ता दुबिधाहरुमा अडेको गोजमुमो पार्टीले अहिले नै कुनै निर्णय लिन नसके पनि आगमी १८ मार्चको दिन केन्द्रिय समितयिको बैठक बसेर निर्णय लिने भएको छ। मोर्चाले १८ मार्चमा बैठक बसेर चुनाव गर्नुपर्ने वा के गर्नु पर्ने भन्ने बारेर सिहिदिन अन्तिम निर्णय लिने भएको छ। कत कुराको जानकारी दिंदै कलेबुङका बिधायक एंव गोजमुमो प्रवक्त डा हर्क बहादुर छेत्रीले १८ मार्चको बैठकमा सम्पूर्ण सदस्यहरूको मन्तव्य लिएर नै हामी अघिल्लो कदम तय गर्नेछौ भनि जनाए। उक्त बैठकमा चुनाव गर्नु पर्ने वा आन्दोलन गर्नु पर्ने भन्ने बिषयमा सबैको मत लिएर मोर्चाले निर्णय लिने तिनले बताए।
हाल तराई-डुवर्स को भू भाग जीटीएमा अन्तर्भुक्ति नभए सम्म अन्तरिम समितिले चलाउनुपर्ने मोर्चाले माग शुरु गरेको सन्दर्भमा कुराकानी गर्दै तिनले सीमाना बिना गोजमुमो चुनाउमा जान नसक्ने भएको कारण तराई- डुवर्स नगाभिएसम्म अन्तरिम समितिले जीटीए सञ्चालन गर्दै गर्नपुर्छ भनेका हौं भने| यसै सिलसिलामा तिनले राज्यका मुख्य सचिव समर घोषले जीटीएमा तराइ-डुवर्सको कुरा छैन भन्नु जीटीए को खेस्रा राम्रो नपढेको हुनसक्ने बताउँदै तिनले जीटीएको खेस्रा राम्रो अध्ययन गर्नु पर्ने सुझाव दिए। मुख्य सचिव समर घोष सरकारको मुखपत्र मात्र रहेको कारण तिनले नीति निर्धारण गर्न नसक्ने बाताउँदै जीटीएमा तराइ डुवर्सको कुरा रहेकैले हाइपावर कमिटी गठन भएको पनि तिनले ठोकुवा गरे। तिनले आगमी १६ मार्चको दिन हुने हाई पावर कमिटिको बैठक अन्तिम हुनसक्ने बिचार व्यक्त गर्दै उक्त बैठकले निश्चय सकारात्मक निर्णय लिने कुरामा मोर्चा आशावादी रहेको डा छैत्रीले थप बताए।
Post a Comment
We love to hear from you! What's on your mind?