समथरमा एनएचपीसी द्वारा नि:शुल्क स्वास्थ्य जाँच शिविर अनि कम्बल वितरण

मंग्पू | केशर मोक्तान: एनएचपीसी महिला कल्याण संगठनको आयोजनामा शनिबार स्थानीय सम्थार विधालयमा नि:शुल्क स्वास्थ्य जाँच शिविर सम्पन्न भयो | टिस्टा जल विधुत परियोजना चरण ३ (Teesta Hydel Project, Stage 3 ) महिला कल्याण संगठनका अध्यक्षा अनिता बर्माको बाहुलीबाट शिवीरको उद्घाटन गरियो | शिविरमा सुरुक, समथार(Suruk Samthar ) नाजोक र दोंग बस्तीका २५८ रोगीहरुले आफ्नो स्वास्थ्य जाँच गराए | स्वास्थ्य जाँच पछि ती विरामीहरुलाई नि:शुल्क औषधि पनि वितरण गरियो | एनएचपीसीका डाक्टरहरुले स्वास्थ्य जाँच गरेपछि स्थानीय गरिब परिवारका अभिभावकवर्गलाई कम्बल तथा नानीहरुलाई लुगा फाटा पनि वितरण गरियो | ती वितरण गरिएका सर - सामान एनएचपीसी महिला कल्याण संगठनको सभा  नेत्री अनिता बर्माको बाहुलीबाट वितरण गरिएको जानकारी एनएचपीसीका एक अधिकारीले दिएका छन् | 

स्मरण  रहोस एनएचपीसी महिला कल्याण संगठन (NHPC Women Welfare Association) ले टिस्टा जल विधुत परियोजना वरिपरीका ग्रामीण क्षेत्रहरुमा यस प्रकारको थुप्रै सामजिक कार्य गर्दै नि:शुल्क स्वास्थ्य जाँच शिविरहरु धेरै साल देखि नै गर्दै आइरहेका छन् | आगमी आइतबार २४ मार्चको दिन मंग्पू सरस्वती उच्च माध्यमिक विधालय(Saraswati Higher Secondary School,Mungpoo) भवनमा पनि एनएचपीसीको प्रायोजन तथा मंग्पू मोटर कल्याण संगठनको आयोजनामा नि: शुल्क  आँखा जाँच शिविर राखिएको हुनाले मंग्पू क्षेत्र वरिपरीका आँखा रोगीहरुले नि:शुल्क आँखा जाँच गराउन सक्ने सुनौलो अवसर रहेको छ |
Read latest post filed under mungpoo news

Post a Comment

We love to hear from you! What's on your mind?

[blogger][facebook]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.