" Nepali Immigrants, Quit Darjeeling "
डी के वाइबा; कालेबुङ २१ मार्च: नेपाली भाषा मान्यता आन्दोलनको समयमा भारतका तत्कालिन प्रधानमन्त्री मोरराजजी देशाईले गोर्खाहरुलाई बिदेशीका लाञ्छना लगाईको थियो भने यस्तो घट्ना बाराम्बार दोहोरिन्दै आईरहेको छ। जब पनि भारतमा गोर्खाहरुले संवैधानिक हक र अधिकारका कुराहरु गर्ने गर्छन् त्यसै समयमा यस्ता लाञ्छनाहरुले गोर्खाहरु अपमानीत बन्न परिरहेको छ। यसै सिलसिलामा केहि महिना दिन अघि मात्र आदिवासी बिकास परिषदका राज्य अध्यक्ष बिर्सा तिर्कीले गोर्खाहरुलाई बिदेशीको आरोप लगाएर हाई पावर कमेटिलाई पत्रचार गरेका थिए भने पुन: मंगलबार सोहि प्रकारको घट्ना दोहोरिएको छ। यसचोटि गोर्खाहरुलाई बिदेशीको आरोप मात्र होईन तर दार्जीलिङ पहाड समेत छोड्नु भनि धम्किपूर्ण लेखिएको पोष्टर देखा परेको छ। उक्त पोष्टर ईस्लामपुर चोपडाको महकुमा कार्यलयमा टाँसिएको आज सुत्रले जानकारी दिए। तिनले जानकारी दिंदै गोर्खाहरु भारतीय नागरीक नभाएर अनुप्रवेशकारीहरु हुन् भन्ने कुरा पोष्टरमा लेखिएको जानकारी दिए। पोष्टर टाँस्नेहरुले कुनै पनि संगठनको नाम उल्लेख नगरे पनि पोष्टरमा गोर्खाहरु अनुप्रवेशकारी रहेको दाबी गरिएको छ। सुत्रले जानकारी दिए अनुसार यस प्रकारका पोष्टरहरु अङ्ग्रेजी, हिन्दि अनि बङगला भाषामा लेखिएको छ भने पोष्टर महकुमा कार्यलयलको बिभिन्न भित्ताहरुदेखि लिएर बजारको कतिपय ठाउँहरुमा समेत लागाईएको जानकारी दिए। यस प्रकारका पोष्टरको कारण क्षेत्रमा बसोबासो गर्ने नेपाली भाषी गोर्खाहरुले असुराक्षाको महसुस गरिरहेको थाह लागेको छ।
यता गोर्खाहरुलाई दार्जीलिङ पहाड छोड्न भनि ईस्लामपु चोपडामा पोष्टर टाँसिएको सन्दर्भमा क्रामाकपाले घोर बिरोध जनाएको छ। क्रामाकपाले यस्ता पोष्टर टाँस्नेहरुले शान्ति शृंखला भङ्ग गरेर गोर्खाहरुलाई संवैधानिक अधिकारबाट बञ्चित राख्ने षडयन्त्र गरेको बताएको छ। क्रामाकपा उपाध्यक्ष जे बी राईले आज यस संवाददाता सित कुराकानी गर्दै यस्ता पोष्टर टाँस्नेहरुलाई सरकारले यथाशीघ्र पक्राउ गरेर कानुनी कार्वाही गर्नुपर्ने माग गरे। तिनले गोर्खाहरुलाई बिदेशीको लाञ्छना लगाउँनुको साथै दार्जीलिङ समेत छोड्नु भनि धम्कि दिनु संविधान बिरोधी र राष्ट्र बिरोधी काम रहेको दाबी गर्दै यस्ता राष्ट्र बिरोधी मानिसहरुलाई प्रशासनले कार्वाही गरेर क्षेत्रको शान्ति शृंखला कयाम राख्नुपर्ने माग गरे। तिनले यस्ता पोष्टर टाँस्नेहरु दुष्क्रित मनोभावले ग्रसित मानिसहरु रहेको दाबी गर्दै गोर्खाहरुलाई बिदेशीको लाञ्छना लगाउँन अघि गोर्खाहरुको ईतिहास पढ्नपर्ने सुझाव दिए। गोर्खाहरुलाई बिदेशि भन्नेहरुले वास्तवमा गोर्खाहरुको कुनै ईतिहास नजानेको बताउँदै पोष्टर टाँस्नेहरुनै वास्तविक बिदेशिहरु हुन भनि तिनले दाबी गरे। गोर्खाहरुलाई घरी घरी बिदेशीको आरोप लगाउँनुमा सरकारको षडयन्त्र समेत हुन सक्ने तिनले शंका गर्दै यसमा कतिपय निजी स्वार्थ हेर्ने नेताहरुको मनोभावको कराण पनि गोर्खाहरु यसरी लाञ्छित बन्न परिरहेको राईले जनाए। भारतमा गोर्खाहरुले संबैधानिक अधिकारको कुरा गर्दा किन यस्ता बिरोधी शक्तिहरु सक्रिय हुन्छन् भन्ने तिनले प्रश्न गर्दै यस्तो परिस्थितिमा सम्पूर्ण भारतभरी छरिएर बसेका गोर्खाहरु एक भएर राजनैतिक हक र अधिकारको निम्ति एक बद्ध भई मैदानमा उत्रनुपर्ने तिनले जनाए। वर्तमान समयमा गोर्खाहरुको राष्ट्रिय राजनैतिक सुराक्षाको निम्ति गोर्खाल्याण्डको आवाज बुलन्द गर्दा सरकारले जसरी षडयनत्र रच्ने गरिरहेको छ त्यस्तो समयमा गोर्खहरु छुटेर होईन जुटेर अघि बड्नुपर्न पनि तिनले आह्वान गरे।
यसै सिलसिलामा दार्जीलिङ पहाडकप शक्तिशाली दल गोजमुमोले उक्त पोष्टरिङ सन्दर्भमा खासै प्रतिक्रया व्यक्त गर्न चाहेन। गोजमुमो प्रवक्ता एंव कालेबुङका बिधायक डा हर्कबहादुर छेत्रीले यस संवाददाता सित कुराकानी गर्दै यस्तो पोष्टरहरुमा ध्यान केन्द्रित गरेर आफ्नो शक्ति व्यर्थैमा खर्च गर्न नहुने बताए। वास्तवमा पोष्टर टाँस्नेहरुको कुनै अस्तित्व नै नरहेको दाबि गर्दै गोर्खाहरुलाई बिदेशीको लाञ्छना लगाउँनेहरु नै खाँटी बिदेशी हुन् भनि तिनले दाबी गरे। बिगतका ऐतिहासिक द्सतावेजहरुको आधारमा हेर्दा नै गोर्खाहरु यँहाका खाँटी बासिन्दाहरु हुन् भन्ने कुरा प्रमाणित हुने बताउँदै जस्ले बिदेशी भन्दैछन् तिनीहरु नै बङ्लादेशि अनुप्रवेशकारीहरु हुन् भनि छेत्रीले दाबी गरे। गोर्खाहरुलाई दार्जीलिङ छोड भन्नेहरुले पहिला गोर्काहरुको ईतिहास र भुगोल बुझ्न आवश्यक रहेको तिनले बताउँदै कुनै कुरा नजान्नेहरुले बोल्दा र बिरोध गर्दा कुनै फरक नपर्ने तिनले दाबी गरे। आफुहरुले भारतका प्रधामन्त्री, गृहमन्त्री तथा राष्ट्रपति आदलाई गोर्खाहरुको ईतिहासबारे अवगत गराईसकेको दाबी गर्दै अस्तितवमा नभएका मानिसहरुको बिरोधले कुनै प्रभाव नपर्ने तिनले दाबी गरे। गोजमुमो पार्टीको आन्दोलनकालमा आफुहरुले अनेकौ दस्तावेजहरु सरकारलाई बुझाउँन सकेको दाबी गर्दै जब देशका प्रधानमन्त्री , राष्ट्रपति आदिले गोर्खाहरुको समस्या बुझेर सबै त्यसलाई गहनतापूर्वक लिईरहेको समयमा यस्ता चानचुने कुराहरुमा गोर्खाहरुले शक्ति केन्द्रित गर्नु ठिक नहुने डा छेत्रीले जनाए। तिनले यसै सिलसिलामा यस्ता गोर्खाबिरोधी शक्तिहरुले कुनै औचित्यनै नभएको पोष्टर टाँसेर गोर्खाहरुलाई उक्साउँने काम गरेको बुनसक्ने मनतब्य प्रकट गर्दै यस्तो परिस्थितिमा गोर्काहरु संयम राखेर बुद्धिमतताको साथ काम गर्न आवश्यक रहेको तिनले जनाए।
Post a Comment
We love to hear from you! What's on your mind?