कालेबुंग | डी० के० वाइबा: एकातिर जल दिवस पालन गरियो भने अर्कोतिर विश्व जल दिवस कै अवसरमा कालेबुंग शहरमा बहानहरुले बोकेर बिक्री गर्ने कतिपय मुहानका पानीहरु पिउने योग्यको छैनन् भनि नगरपालिकाका स्वास्थ्य अधिकारी डा० एस० डी० जिम्बाले जानकारी दिए | तिनले आज पत्रकार सम्मेलन डाकेर कालेबुंग शहरमा बहानहरुले ल्याएको बिक्री गर्ने पानी पिउदा बिभिन्न रोगहरुले संक्रमित बन्न सक्ने बताए | नगरपालीकाले मानिसहरुको स्वास्थ्यलाई मध्य नजर राखेर बिभिन्न मुहानहरुका पानी संकलन गरेर बैज्ञानिक जाँच गर्दा कतिपय मुहानहरुको पानी पिउन योग्यको छैनन् भन्ने रिपोर्ट आएको जानकारी दिए | बिशेष यहाँको १२ माइल स्थित रहेका मुहानहरु, रौसे बजार स्थित रहेको मुहान, गंगी झोडा अनि सिन्देबुंग स्थित घट्टे खोलाको पानी मनिसहरुको स्वास्थ्यको निम्ति हानिकारक रहेको जानकारी गराए | उक्त मुहानहरुका पानीहरुमा बिभिन्न प्रकारका संक्रमणहरु धेर रहेको करण मानिसहरु सचेत बनेर यस्ता मुहानहरुका पानी पिउन नहुने डा० जिम्बाले जानकारी दिएका छन् | तिनले पत्रकारहरुसित कुराकानी गर्दै शहरमा पानी बिक्री गर्नेहरुले पानी पिउने योग्यको ६ वा छैनन् भन्ने कुरोको जाँच नगरी पानी बिक्री गरिरहेको बताउँदै यसबारे नगरपालीकाले कारवाही गर्ने जानकारी दिएका छन् | पानी बिक्री गर्नेहरुले पिउने योग्यको पानी वितरण गर्न आवश्यक रहेको बताउँदै यस विषयमा बहानहरुमा ल्याइरहेको पानी प्रयोग गर्ने मानिसहरु समेत सचेत बन्नु पर्ने आह्वान गरे |
अर्कोतिर यहाँको पी०एच० इ० विभागले विश्व जल दिवस पालन गरेको थियो | बिभाग कै कार्यलयमा आयोजित कार्यक्रममा खाद्य अनि जल संरक्षण विषयमा विभिन्न विधालयका विधार्थीहरु माझ बस अनि चित्र प्रतियोगिता सम्पन्न भयो | उक्त प्रतियोगितामा यहाँको मोठ आठ वटा विधालयका विधार्थीहरुले भाग लिएका थिए भने विजयी प्रतियोगीहरुलाई पुरस्कार प्रदान गरियो | कार्यक्रमलाई सम्बोधन गर्दै विभागका Execuitive Engineer अनिल छेत्रीले दिनो दिन परिवर्तित मौसममा पानीको अभाव बढिरहेको करण मुहानहरुको पानी संरक्षण विषयमा मानिसहरु सचेत बन्नु पर्ने आह्वान गरे | तिनले मानिसहरुलाई पानीको समस्या पूर्ति गर्न विभिन्न योजनाहरु तयार पारेर अनुमोदनको निम्ति सरकारलाई समेत पठाई सकेको जानकारी दिंदै उक्त योजना आगमी २०२० सम्मलाई हेरेर तयार पारिरहेको बताए |

Post a Comment
We love to hear from you! What's on your mind?