शारदा उच्च विधालय संचालन समितिको सभा

मंग्पू | केशर मोक्तान: शारदा उच्च विधालय (Sarda High School Mungpoo) मंग्पू  विभागको नव गठित विधालय संचालन समितिको सभापति प्रेम तामांगको अध्यक्षतामा सभा बस्यो | सभामा बिशेष विगत १४ दिसम्बर २०११ को विधालय वार्षिक पुरस्कार वितरण कार्यक्रममा प्रमुख अतिथि रतन थापा , संयोजक मंग्पू  लाठ पन्चर समष्टि एवम संगठनिक सचिव केन्द्रिय समिति गोर्खा जनमुक्ति मोर्चा द्वारा (Ratan Thapa, Convener Mungpoo Lathpanchor,Gorkha Janmukti Morcha) घोषित तथा प्रदान गरिएको प्रायोजना बारे सभामा चर्चा गर्दै उक्त स्पोन्सर प्रापक जम्मा १३ जना, जसमा १० जना गरिबी रेखा मुनिका (बीपीएल),  तीन जना ह्यान्डीक्याप विधार्थीहरुलाई पठन - पाठनको निम्ति यस वर्षको निम्ति चयन गरिएको प्रधान अध्यापक प्रकाश चन्द्र राईले बताए |
यस कार्यले विधालयको गरिब विधार्थीवर्ग तथा शाररिक अश्वस्थ विधार्थीहरु लाभावंतित भएकोले विधालय पक्षबाट श्री रतन थापा प्रति कृतज्ञता जाहेर गरेका छन् भनि आफ्नो समभाषणमा प्रधान अध्यापक श्री राईले बताए | विधालयको हरेक कार्यमा साथै विधालयको प्रगतिको निम्ति सदैव साथमा बसेका रतन थापा प्रति विधालय ध्यन्यबादी रहेको पनि उनले जनाए | 
सभामा संचालन समिति सचिव किरण थापा, सदश्यगण , विधालयका शिक्षक सरोज थापा, अजय राई, उदय थुलुंग लगायत मंग्पू  विभागका गोजमुमो सभापति डी० बी० साल्मे , दयानन्द राई सभापति मंग्पू जोन युवा मोर्चा,बुध कुमार थापा दार्जीलिंग तराई डुवर्स प्लान्टेशन लेबर युनियन मंग्पू शाखा अनि अशिक्षण कर्मचारी रेमण्ड राई र अन्यान्यको बिसेष उपस्थिति रहेको थियो |
Read latest post filed under mungpoo news

Post a Comment

Post a Comment

We love to hear from you! What's on your mind?

Emoticon
:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

Contact Form

Name

Email *

Message *

Powered by Blogger.