अस्सी र नब्बेको दशकमा मंग्पूको रेशेप विभाग (Reshep Division) अन्तर्गत " अविनाशी कला संघ " - ले विभिन्न साहित्यिक, सामाजिक एवम शैक्षिक क्षेत्रमा युवा - युवती देखि लिएर सबैलाई नै मार्ग निर्देशन गर्दै यी विषयमा विकाश हेतु महत् भूमिका निर्वाह गरेको सर्वविदित नै छ | पुन: यस संस्थाका संस्थापक, सदश्यवर्गको भेलाले आगमी दिनांक: १८ मार्च २०१२ देखि मासिक रुपमा एक साहित्यिक भेला गराई साहित्यको क्षेत्रमा सहयोग पुराउने जमर्को गरेको छ जुन भेलालाई " निकुन्जिका साहित्य शृंखला " भनी नामकरण गर्दै यसको पहिलो भेला स्थानीय रेशेप ग्राम पंचायत ( Reshep Gram Panchayat ) भवनमा दिउँसो १ बजे देखि राखिएको छ | यसको निम्ति सम्पूर्ण साहित्य अनुरागीहरुलाई आफ्नो रचना ( कुनै पनि विधाको ) लिएर उपस्थित भइदिने निवेदन संस्थाका वर्तमान अध्यक्ष एवम यस साहित्य शृंखलाका संयोजक श्रीमान सुजित थापाले गरेको छ |
Post a Comment
We love to hear from you! What's on your mind?