मंग्पू | केशर मोक्तान: गोर्खाल्याण्ड आन्दोलनलाई अगाडी बढाउने क्रममा जीटीए एउटा चौतारी मात्र हो | हरेक क्षेत्रमा राम्रोसित उद्योग धन्दा र बिकाश गर्न सकौ भन्ने हिसाबले हामीले जीटीएलाई स्वीकार गरेका हौँ अनि मोर्चाको लक्ष्य गोर्खाल्याण्ड नै हो भन्ने अडान आज पत्रकारहरुलाई सम्बोधन गर्दै मोर्चा अध्यक्ष बिमल गुरुङले मंग्पू जोगीघाट(Mungpoo JogiGhat) मा बताएका छन् | तराई डुवर्सलाई जीटीए भित्र अन्तर्भुक्त गर्न पर्छ भनी हामीले सात अप्रेल देखि गणतान्त्रिक पद्वतिमा दार्जीलिंग देखि डुवर्स नगरकट्टा सम्म पैदल यात्रा गर्ने घोषणा गरिसकेका छौ | उक्त पैदल यात्रा गर्दा यसको सुरक्षा दिनु पर्ने सरकारको दायित्व हो | हिजको दिनमा आदिबासी बिकाशपरिषद र अन्य संगठनहरु हाम्रो विरोधमा थियो भने आज हामी सबै साथमा छौ र तराई डुवर्सलाई जीटीए भित्र गाभ्नको निम्ति हामी एक जुट भएर आन्दोलन गर्नेछौ भनि गुरुङले बताए | हामी गणतान्त्रिक प्रकारले काम गर्छौ तर हामीलाई नराम्रो दृष्टिकोण लिएर सरकारले काम गर्छ |
सिन्कोना बारे बोल्दै अध्यक्ष गुरुङले सिन्कोना जीटीए भित्र परेको हुनाले सिन्कोनालाई सुचारु रुपले चलाउने नीति तयार परिरहेको बताए | हिज मंग्पू आउन अघि अचानक लाब्दा बस्ती ( Labdah Busty) भ्रमण गर्न पुगेका मोर्चा अध्यक्षले लाब्दा बस्तीको जिर्ण अवस्थामा रहेको सडकलाई चाडै नै अलकत्र गरिदिने साथै यस क्षेत्रमा रहेको एकमात्र लाब्दा निम्न माध्यमिक विधालयलाई आठौ कक्षासम्म सरकारी मान्यता प्राप्त गर्नको निम्ति चाडै नै विभागीय पहल गर्ने पनि बताए | रयांगटार ( जोगिघाट) जीटीए र गोर्खाल्याण्डको मानचित्र भित्र रहेको छ र यस ठाउँलाई सम्पूर्ण दार्जीलिंग तराई डुवर्सलाई समेटेर आगमी दिनमा एक पर्यटन स्थल बनाउने मोर्चाको योजना रहेको बताउँदै जोगीघाटलाई पर्यटन स्कीमको निम्ति रुपरेखा तयार पारिरहेको गुरुङले बताएका छन् | जोगीघाटमा अध्यक्ष बिमल गुरुङलाई मोर्चा मंग्पू लाठपन्चर जोनका संयोजक रतन थापाको साथमा सिन्कोना बगान निर्देशक डा० जी० सी० सुब्बाले भेट गरी बगानको समस्या बारे अव्गात गराउँदै सिन्कोनाको निम्ति एक अभिभावक बसिदिने अनुरोध गरे |
मंग्पूको भ्रमण पछि अब मोर्चा अध्यक्ष भोली मिरिक जाने भएको छ |
Post a Comment
We love to hear from you! What's on your mind?