मंग्पूमा " निकुन्जिका साहित्य शृंखला " को पहिलो प्रकरण सम्पन्न

मंग्पू | केशर मोक्तान: अविनाशी कला संघको संयोजनामा स्थानीय रेशेप ग्राम पंचायत( Reshep Gram Panchayat ) भवनमा " निकुन्जिका साहित्यिक शृंखला " (Nikunjika Sahitya Shrinkhala) को पहिलो प्रकरण सम्पन्न भयो | आज सर्वप्रथम निकुन्जिका हस्त लिखित पत्रिका जो १९८६, ८७ मा प्रकाशित भएको थियो | यसैका  सम्पादक स्व: शंकर रुचाल अनि वरिष्ट नारी कथाकार स्व: सम्पुर्णा राईको स्मृतिमा स्मृतिमा २ मिनटको मौन धारण गरियो | त्यसपछि संघका संस्थापक एवम बर्तमान सचिव दिलिप शर्माले संघको परिचय गराउँदै यस साहित्य शृंखलाको औचित्य बारे जानकारी गराए | संघका वर्तमान अध्यक्ष सुजीत थापाबाट संचालित आजको भेलामा " निकुन्जिका साहित्य शृंखला " अब उसो मासिक रुपमा आयोजन हुने तथा सिकारु कलमलाई प्र्होत्सान गर्न एउटा मन्च तयार भएको जानकारी गराए |
आजको प्रथम प्रकरणमा सुरेन्द्र थिंग, देवलाल मोक्तान, विनोद रसाइली, सुजित थापा, दिलिप शर्मा, सुबास छेत्री, शंखर मुखिया, आशिषदीप राई, नन्द लामिछाने, सुभद्र बोम्जनले स्वरचित कविता सुनाए भने श्याम सिन्गौरे अनि अर्जुन कुमार गुरुङले कथा वाचन गरे | सिकारु कलममा जितेन गुरुङ र संगम शर्माले कविता पठन गरे | श्रीवृदिमा साहित्य शृंखलाको अन्य प्रकरणहरु मंग्पूका विभिन्न विभागहरु लगायत शैक्षिक प्रतिष्ठानहरुमा आयोजन गरिने सुझाउ ग्रहण गरियो  भने अन्तमा  आगमी भेला स्थानीय लाब्दा विभाग ( Labdah Division) अन्तर्गत डल्फिन स्कूलमा दिनांक १५ अप्रेलको दिन अपरान्ह १ बजे सम्पन्न हुने भएको छ | इच्छुक सबैलाई स्वरचित रचना सहित उपस्थित भइदिने निवेदन कार्यक्रम संयोजक सुजीत थापाले गरेका छन् | कार्यक्रमको प्रचार प्रसारको निम्ति स्थानीय मंग्पू  च्यानल ( Mungpoo Channel) लगायत अन्य प्रायोजकको निम्ति मनजीत थापा सहित अन्य सबैलाई साहित्यकार विनोद रसाइलीले आभार व्यक्त गरेका छन् |
Read latest post filed under mungpoo news

Post a Comment

We love to hear from you! What's on your mind?

[blogger][facebook]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.