Saraswati Higher Secondary School,Mungpoo to start Science Stream

मंग्पू | केशर मोक्तान: मंग्पू सरस्वती उच्चतर माध्यमिक विधालय (Saraswati Higher Secondary School,Mungpoo)मा विज्ञान विभाग( Science Stream) आरम्भ गर्नु पर्ने माग गर्दै विगत धेरै वर्ष देखि चलिआए पनि यस वर्ष जुन महिना देखि देखि विज्ञान विभाग आरम्भ गर्ने विधालय पक्षले जानकारी दिएको छ | हाल सम्म विधालय संचालन समितिले पनि मंग्पूबासीको आकांक्षा पूर्ण गर्न सम्बन्धित विभागसित धेरै चोटि ज्ञापन चदाई सकेको थियो | तर विधालयमा विज्ञान विभाग संचालन गर्ने श्रेणी कोठा र विज्ञान विभागको निम्ति अति आवश्यक प्रयोगशालाको निम्ति स्थानको अभावले विज्ञान विभाग चलाउन सम्भव भएको थिएन | उल्लेख्य यस क्षेत्रको विधार्थीवर्गले विज्ञान विषयमा जति नै उच्च अंक हासिल गरे पनि आर्थिक विपन्नताको कारण कला विभाग नै लिएर अध्ययन गर्न बाध्य पर्थ्यो | तर गत वर्ष विधालयलाई प्राप्त अतिरिक्त श्रेणी कक्षा निर्माणको रकमले तीनवटा कोठा निर्माण भएपछि अब मंग्पूबासीको धेरै साल देखिको सपना साकार हुने भएको छ | 
फलत: अब मंग्पू क्षेत्रका विधार्थीवर्गले घरमा बसेर नै आफ्नै क्षेत्रमा विज्ञान विषयमा अध्ययान गर्न सक्नेछन् | यस सरस्वती विधालयमा विज्ञान विभाग बनाउनको निम्ति उच्च माध्यमिक शिक्षा पार्षदको निरीक्षक टोलिले गत सालको दिसम्बर महिनामा पाठशाला भ्रमण गरेर यसको प्रतिवेदन पश्चिम बङ् उच्चतर माध्यमिक पर्षद समक्ष १८ जनवरी २०१२ मा सुम्पिसकेको छ | यसरी गत १२ मार्च २०१२ को दिन गोजमुमो मंग्पू जोन, जेएसटीओ, इएमसी तथा विधालय संचालन समिति माझ सम्पन्न संयुक्त सभाले यसलाई आज मुर्तरुपमा प्रदान गर्नुमा ठुलो सहयोग पुराएको छ | यस कार्यको निम्ति विधालय पक्षले गोजमुमो मंग्पू जोन अनि मंग्पू  लाठ पन्चर संयोजक तथा संगठानिक सचिव रतन थापा(Ratan Thapa, Convener Mungpoo Lathpanchor Zone,Gorkha Janmukti Morcha), जेएसटीओ ,इएमसी र जिल्ला पाठशाला परिदर्शिका महोदया प्रति आभार व्यक्त गरेका छन् | यसका साथै सबैको सहयोगमा विधालय परिसर तथा श्रेणी कोठाहरु उपलब्द भएमा आगमी वर्षदेखि वाणिज्य विभाग र भोकेशानल क्लासहरु पनि आरम्भ गर्ने संचालन समितिले अठोट गरेको छ | 
Read latest post filed under mungpoo news

Post a Comment

  1. Good news for the people of and around Mungpoo...

    ReplyDelete

We love to hear from you! What's on your mind?

[blogger][facebook]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.