GNLF Flag

चमनसिंह प्रधान विनय अनित खेमामा जाँदा मङपु गोरामुमोमा हर्ष

मङपु, २८ नोभेम्बर, राजेश थापा: केही दिन अघि मात्र गोरामुमोबाट चमनसिंह प्रधान विनय अनित खेमामा जाँदा मङपु गोरामुमो पार्टीमा हर्ष आएको छ भन्दै एक विज्ञप्ति मार्फत जनाएको छ | आज सभापति कैलाश पाख्रीनको अध्यक्षतामा बसेको एक सभा बिच चमनसिंह राई गोजामुमो २ मा सामेल हुँदा पार्टीलाई कुनै पनि फरक नपरेको जनाए साथै कसैले पनि अफसोस नमानेको बताएको छ | गोरामुमो पार्टी सदस्यहरुको भनाईमा चमनसिंह प्रधान गोरामुमोको धुरी खम्बा नरहेर आफ्नो मात्र काम गर्ने बताउँदै उनी आफ्नो पारिवारिक स्वार्थको निम्ति मात्र गोजमुमो २ मा सामेल भएको पनि आरोप लगाएको छ | सभामा मङपु जोन सचिव रितेश मोक्तानले गणतन्त्रमा पार्टी बदली गर्नु सबैले पाउने रहेको बताउँदै चमनसिंहलाई बधाईसम्म दिए | तैपनि केही दिनको समाचार पत्रमा चमनसिंह राई आफूसंगै समुहनै विनय अनित खेमामा सामेल भएको खबरलाई खण्डन गर्दै चमनसिंह प्रधान एक्लै गोजमुमो २ मा गएको बाँकी मङपुका सबै गोरामुमो सदस्य आफ्नो ठाउँमै रहेको पनि जानकारी गराएको छ | यसको साथै गोरामुमो सदस्यहरु पार्टी छोडेर नजाने पनि बताए | सभामा मङपु लाठ पन्चर समष्टि देवलाल मोक्तानले चमन सिंह प्रधान गोरामुमोको सदस्य हुँदा हुँदै पनि स्वार्थमा लागेर गोजमुमो २ मा गएको बताउँदै तिनी धुरी खम्बा नरहेको बताएको छ | प्रधान साँचो रुपमा गोरामुमोको धुरी खम्बा हुँदो हो त तिनले एउटा नेताको हैसियतमा सम्पूर्ण बेरोजगार युवाहरुको हित सोंच्नु पर्ने हो तर आज आफ्नो स्वार्थ मात्र हेरेर गोजमुमो २ मा सामेल भएको हो भनी मोक्तानले बताएको छ | सभामा मङपु जोन सचिव रितेश मोक्तान, गोरामुमो मङपु जोन सभापति कैलाश पाख्रीन, गोरामुमो ब्रान्च सदस्य आरबी प्रधान, एकपीडब्ल्युयु मङपु सभापति गणेश ठकुरी, पुर्व सचिव मिलन शेर्पा अनि अन्य सदस्यहरु पनि उपस्थित रहेका थिए ||

केही दिन अघि मात्र गोरामुमोबाट चमनसिंह प्रधान विनय अनित खेमामा जाँदा मङपु गोरामुमो पार्टीमा हर्ष आएको छ भन्दै एक विज्ञप्ति मार्फत जनाएको छ | आज सभापति कैलाश

Read latest post filed under mungpoo news, political news

Post a Comment

Post a Comment

We love to hear from you! What's on your mind?

Emoticon
:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

Contact Form

Name

Email *

Message *

Powered by Blogger.