अदालतले दिएको 24 घण्टाको जमानत पुरा नभई कोरा छोडेर रुद्र आचर्य जेल जान पर्‍यो

डी के वाइबा: कालेबु 24 अप्रेल: छुट्टै राज्य गोर्खाल्याण्डको आन्दोलन सशस्त्र रुपले अघि बडाउँन निस्केका युनाईटेड गोर्खा रेभ्युलेसनरी फ्रण्ट (युजिआरएफ) का डिपुटी चिफ रुद्र आचर्यले बाबुको किरिया समेत गर्न नपाउँने भएको छ। यहाँको दलपचन निवासी स्व पदमलाल आचर्यका एकमात्र छोरा रुद्र आचर्यले बाबुको अन्तिम श्वास लिदा समेत जेलको हावा खान परिरहेको थियो। बाबुको मृत्यु पछि आज धार्मीकि परम्परा अनुसार बाबुको क्रिया गर्न न्यायलयमा 15 दिनको जमानत याचिका दर्ता गर्दा अदालतले तिनलाई केवल 24 घण्टाको मात्रै जमानत स्वीकार गर्‍यो। 24 घण्टाको निम्ति जमानतमा छुटेका रुद्र आचर्यले बाबुको निस्प्राण शरीरलाई कफन बाकसमा कात्रो ओडाएर जंगल पुर्‍याई हिन्दु धर्मको बिधी अनुरुप अग्नि दिईसकेर घरमा आई सेतो लुगा लगाएर कोरा स्थलमा बसेका थिए। तर दुर्भाग्य तिनी अदालतले दिएको 24 घण्टा पनि कोरामा बस्न पाएनन। पितृ शोकमा परेका आचर्य बाबुको अन्तिम संस्कार सकेर कोरामा बसेको केहिक्षण बित्न नपाई पुलिस कर्मीहरु एकाएक तिनलाई लिन आए अनि जेलको निर्देश देखाएर कोरामा बसेका एकमात्र शोकित छोरालाई उठाएर लगे। बाबुको मृत्युमा शोकित बनेका आचर्य गहभरी आँशु पारेर सेतै लुगामा कोरा छोडेर पुलिसकर्मीहरु सित जेल हिड्दा तिनका आमा लक्ष्मीमाया आचर्य डाँको छोडेर रुँदै प्रशासनले बाबुको किरिया गर्ने अधीकार समेत नदिएको आरोप लगाईन। भारतको संविधानको धार 25 अन्तर्गत राईट टू रिलिजियन लेखिएको अनि यसै संविधानले राईट टू कल्चर भनेर देशका नागरिकहरुलाई मौलिक अधीकार दिएको बताउँदै आज बाबुको 13 दिने किरिया समेत गर्न नपाउँनु संविधानले दिएको मौलिक अधीकारको हनन हो भनि तिनले रुँदै दाबी गरिन। यतिमात्र होईन एकातिर संविधानले दिएको मौलिक अधिकारको हनन त भयो नै तर आजै अदालतले दिएको 24 घण्टाको जमानत समेत खारेज गरेर पुलिसकर्मीहरु कोरामा बसेका छोरालाई उठाउँन आउँनु न्यायलयको समेत अपमान हो भनि तिनले खुबै भावुक बन्दै भनिन। आफ्ना छोराले बिभिन्न आरोपहरुमा चार दिन अघिमात्रै अदालतमा आत्मसमर्पण गरेको बताउँदै यो भन्दा ठोलो अन्याय केहि होईन भन्दै प्रशासनको भूमिका माथि प्रश्न उठाए। यता सुत्रले दिएको जानकारी अनुसार रुद्र आचर्यको बाबुको मृत्यु पछि तिनको जमानतको अर्जी चडाउँदा न्यायलले तिनलाई 24 घण्टाको जमानत दिएको थियो। आज लक भक चार बजेतिर 24 घण्टाको जमानतमा छुटेका आचर्यलाई भोलि चार बजे हाजिर हुनु पर्ने निर्देश दिईएको थियो तर, 24 घण्टा बित्न नपाई तिनलाई पुलिसले कोरा स्थलबाट ल्याउँनु आश्चर्य रहेको सुत्रले बताएको छ।
Read latest post filed under political news

Post a Comment

We love to hear from you! What's on your mind?

[blogger][facebook]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.