जीपीटीओ क्षेत्रीय समितिको सभा सम्पन्न

मंग्पू | केशर मोक्तान: आज स्थानीय मंग्पू  सरस्वती उच्चतर माध्यमिक विधालयमा गोर्खा आदिबासी विधार्थी संचालन समितिको एक सभा समिति कै नव निर्वाचित सभापति सुदेश थापाको अध्यक्षतामा सम्पन्न भयो | सभामा निम्नलिखित प्रस्ताव पारित गरियो - मंग्पू जोन अधिनस्थ रहेका सात जना गोर्खा आदिबासी विधार्थीले विगतमा जीपीटीओ र जेएसटीओ मंग्पू  जोनको सहयोगमा मोर्चा मंग्पू  जोनले उनीहरुको पदाई एवम भरण पोषणको निम्ति देखरेख गरिरहेका थिए भने गत २२ मार्च को दिन गठित गोर्खा आदिबासी विधार्थी संचालन समितिले  नै अब उसो पूर्णरुपले पदाइ एवम भरण पोषणको अभिभार ग्रहण गरेका छन् | समिति संचालनको निम्ति आवश्यक कोष संग्रहको निम्ति जीपीटीओबाट क्षेत्र १ कालीझोडा प्रा० पाठशाला, रोंग्चोंग प्रा० पाठशाला, रम्बी बजार प्रा० पाठशाला अनि २९ माइल बालुवा खानी प्रा० पाठशालाको निम्ति संग्रहकर्ता सोभित मिश्रलाई सुम्पेका छन् | क्षेत्र २ को निम्ति मंग्पू  सी० पी० पाठशाला, सरोजनी प्रा० पाठशाला र चालीस धुरा प्रा० पाठशालाको निम्ति किशोर थापा, क्षेत्र ३ को निम्ति लाब्दा सी० पी० प्रा० पाठशाला , ग्राम सेवक प्रा० पाठशाला, रेशेप् सी० पी० प्रा० पाठशालाको निम्ति प्रेम्दन सुब्बा, क्षेत्र ४ बाट  लाब्दा खास  प्रा० पाठशाला, आदर्श ग्राम पाठशाला अनि बोरदांग प्रा० पाठशालाको निम्ति अजय छेत्री, क्षेत्र ५ बाट शिक्षा ज्योति, रन्जु भेली प्रा० पाठशाला अनि राँची पाठशालाको निम्ति बिकाश छेत्री, क्षेत्र ६ भैंसेटार प्रा० पाठशाला, अपतन प्रा० पाठशाला अनि रंग्बी सी० पी० पाठशालाको निम्ति देवलाल मोक्तान र क्षेत्र ७ दिपक प्रा० पाठशालाको निम्ति गीता भारतीलाई चयन गरिएको छ | जेएसटीओ बाट अर्थ संग्रहको निम्ति प्रत्येक पाठशालाका युनिट सचिवहरुलाई अभिभार सुम्पियो भने अर्थ संग्रह गरेर प्रत्येक महिनाको १५ तारिख भित्र कोषाध्यक्ष्यलाई बुझाउन पर्ने भएको छ | सहयोगको निम्ति कर्मचारी संगठन मंग्पू जोन र एम० आर० डिलर्स एशोसिएशनलाई पत्रचार गरि अपिल गरिने निर्णय लियो साथै सबै सदश्यवर्गलाई खुलेर सहयोग गर्ने अपिल गरिनेछ | 
यस  संचालन समितिमा मोर्चा मंग्पू  मंग्पू  सहसचिव कपिल लोहारलाई प्रतिनिधिको रुपमा चयन गरिएको छ |
Read latest post filed under mungpoo news

Post a Comment

We love to hear from you! What's on your mind?

[blogger][facebook]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.